कुलोका विषयमा विवाद भएपछि चल्यो गोली

<span class='c1'>कुलोका विषयमा विवाद</span> <span class='c2'>भएपछि चल्यो गोली</span>

तुलसीपुर उपमहानगरपालिका–८ अस्वारास्थित गहतेखोलामा कुलाको विवाद भएपछि स्थानीयवासी एक युवाले गोली चलाएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार सोही वडाको चन्द्रगञ्ज बस्ने २५ वर्षीय पूर्णबहादुर ओलीले गोली चलाएका हुन् ।

उनले चलाएको गोली कसैलाई पनि लागेन । उनले भारतबाट पेस्तोल ल्याएको बुझिएको प्रहरी नायब उपरीक्षक सिंहले बताउनुभयो । आज दिउँसो १ः०० बजेतिर पेस्तोल चलाएर मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा उनलाई प्रहरीले सोही वडाको टिकरीबाट पक्राउ गरेको हो ।

उनीसहित भाग्दै गरेको मोटरसाइकल चलाइरहेका तुलसीपुर उपमहानगरपालिका–८ टिकरीका आकाश चौधरीलाई पनि पक्राउ गरिएको छ । प्रहरीले पेस्तोलसहित छ राउन्ड गोली पनि बरामद गरेको जनाएको छ । भारतमा बस्दै आएका पूर्णबहादुर केही समयअघि घर आएका थिए । भारतबाट आउँदा आफूले पेस्तोल ल्याएको प्रहरीसमक्ष बयान दिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्