महाविर पुनको आविष्कार केन्द्रलाई रु एक लाख सहयोग

<span class='c1'>महाविर पुनको आविष्कार केन्द्रलाई</span> <span class='c2'>रु एक लाख सहयोग</span>

तनहुँको बन्दीपुर गाउँपालिका–१ बेलभञ्ज्याङ घर भई हाल बेलायतमा रहनुभएका अर्जुनबहादुर थापाले राष्ट्रिय आविष्कार केन्द्रलाई रु एक लाख आर्थिक सहयोग गर्नुभएको छ । बेलायतमा नमस्ते गोर्खा नेपलीज रेष्टुरेण्ट सञ्चालन गर्दै आउनुभएका थापाले आविष्कार केन्द्रलाई आर्थिक सहयोग गर्नुभएको हो ।

आविष्कार केन्द्रले कोभिड–१९ विरुद्ध गर्ने स्वास्थ्य सामग्री उत्पादनसहितका काममा योगदान पुगोस् भन्ने अभिप्रायले इन्टरनेशनल नेप्लीज सेफ्स सोसाइटीका अध्यक्ष समेत रहनुभएका थापाले आर्थिक सहयोग गर्नुभएको हो । होटेल म्यानेजमेण्ट एण्ड ट्रेनिंग सेन्टरबाट तालिम लिएर पछि त्यहीँ प्रशिक्षकसमेत रहनुभएका थापाले नेपाल, दुवई, जापान र बेलायतमा नेपाली, भारतीय तथा अन्य विभिन्न खाना पकाउने काममा तीन दशकको अनुभव हासिल गर्नुभएको छ ।

विगत डेढ दशकदेखि बेलायतमा रहेर विदेशी नेपालीमाझ प्रतिष्ठित सेफका रूपमा परिचित थापाले हाल लण्डनको फेल्थममा नमस्ते गोर्खा रेष्टुरेण्ट चलाउँदै आउनुभएको छ । हाल लण्डनकै प्रसिद्ध फ्रेन्च कुकिङ स्कूलमा कुलीनरी आर्ट्स एण्ड म्यानेजमेण्टमा स्नातक अध्ययनरत थापा ब्रिटिस करी अवार्ड विजेता पनि हुनुहुन्छ । उहाँ बिजिनेस एडमिनिस्टे«सनमा त्रिभुवन विश्वविद्यालयबाट स्नातक हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्