स्कटल्याण्ड र नामिबियासँग क्रिकेट: बन्द प्रशिक्षणमा २० खेलाडी छनौट

<span class='c1'>स्कटल्याण्ड र नामिबियासँग क्रिकेट: </span> <span class='c2'>बन्द प्रशिक्षणमा २० खेलाडी छनौट</span>

नेपाल क्रिकेट सङ्घ (क्यान)ले स्कटल्याण्ड र नामिबियासँगको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी गर्न बन्द प्रशिक्षणमा २० खेलाडी छनोट गरेको छ । सो प्रतियोगिता आगामी महिना स्पेनमा हुनेछ ।

प्रधानमन्त्री कप र मेयर कपमा गरेको खेल प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको क्यानका महासचिव अशोकनाथ प्याकुर्यालले जानकारी दिनुभयो । बन्द प्रशिक्षणका लागि छनोट गरिएका खेलाडीमा ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, पारस खड्का, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमलसिंह ऐरी, अविनाश बोहरा, सन्दीप जोरा, शाहब आलम, शुशन भारी, शरद भेषवाकर, विक्रम शोब, पवन सर्राफ र पृथु बाँस्कोटा रहेका छन् ।

बन्द प्रशिक्षण आइतबारदेखि शुरु हुने क्यानले जनाएको छ । खेलाडीलाई प्रशिक्षण दिन मुख्य प्रशिक्षक डेभ ह्वाटमोर केही दिन अघि श्रीलङ्काबाट काठमाडौँ आइसक्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्