शैक्षिक परामर्श संस्था ‘एक्सपर्ट’ द्वारा कन्सन्ट्रेट सहयोग

<span class='c1'>शैक्षिक परामर्श संस्था ‘एक्सपर्ट’</span> <span class='c2'>द्वारा कन्सन्ट्रेट सहयोग</span>

विराटनगर । शैक्षिक परामर्श संस्था एक्सपर्ट एडुकेशन एण्ड भिजा सर्भिसेज प्रा.लि. ले बिराटनगर महानगरपालिका १९ को स्वास्थ केन्द्र लाई २ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग स्वरुप उपलब्ध गराएको छ । एक्सपर्ट फाउन्डेसनमार्फत् बिराटनगर महानगरपालिकाका मेयर मेयर भिम पराजुलीको उपस्थितीमा २ थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको हो ।

उक्त संस्थाले अष्ट्रेलियामा प्रधान कार्यालय स्थापना गरी विश्वभरका विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै आएको छ । विभिन्न सरकारी निकायहरुको सहकार्यमा कोभिड–१९ को असरमा परेका व्यक्तिहरुलाई सहायता वितरण सुरु गरेको संस्थाले नेपालको लागि ५० वटा कन्सन्ट्रेटर ल्याएको एक्सपर्ट फाउन्डेसनका अध्यक्ष रोशन कडेलले जानकारी दिए ।

१० लिटरका २ थान अक्सिजन कन्सन्ट्रेटरको प्रयोगले अक्सिजनको अभावमा बिरामी मर्नुपर्ने अवस्थालाई रोक्ने विश्वास व्यक्त गरे । उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा विभिन्न अस्पताललाई उक्त सामाग्री वितरण गरीरहेको जानकारी दिए । कार्यक्रमका बोल्दै प्रमुख अतिथि बिराटनगर महानगरपालिका मेयर भिम पराजुलीले सहयोग गरेकोमा धन्यवाद दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्