दुई सय वर्ष पुरानो चौतारो पुनःनिर्माण गरिदै

<span class='c1'>दुई सय वर्ष पुरानो</span> <span class='c2'>चौतारो पुनःनिर्माण गरिदै</span>

ऐतिहासिक महत्व बोकेका चौतारा एवं पाटी पौवाहरू संरक्षणको अभावमा लोप हुँदै गएको अवस्थामा यहाँको एक महिला समूहले भने दुई शताब्दी पुरानो चौताराको पुनःनिर्माण कार्य थालेको छ । सामाजिक सेवाका क्षेत्रमा क्रियाशील सिलिङ्घे चेतना महिला समूहको सक्रियतामा पोखरा महानगरपालिका—३३ भरतपोखरीको मनियलडाँडास्थित ऐतिहासिक चौताराको पुनःनिर्माण गर्न लागिएको हो ।

करीब दुई लाख रुपैयाँको लागतमा पुनःनिर्माण गर्न लागिएको चौताराका लागि महानगरपालिकाबाट एक लाख रुपैयाँ विनियोजन गरिएको समूहका सचिव सीता केसी महतले बताउनुभयो । “पुनःनिर्माणका लागि महानगरबाट विनियोजित रकमका साथै स्थानीयवासीले जनश्रमदान पनि गरेका छन्, अझै केही रकम अपुग हुने भएको हुँदा थप श्रमदान एवं सहयोगको पनि अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो ।

मल्लकालीन कोटभैरव मन्दिर जाने मुख्य चोकमा रहेका कारण यस चौताराको अस्तित्व प्राचीनकालदेखि रहँदै आएको बुढापाका बताउँछन् । स्थानीय ज्येष्ठ नागरिकहरू लीलबहादुर महत र सोमबहादुर थापा विभिन्न प्रमाण समेतका आधारमा झण्डै २०० वर्ष पहिलादेखि नै यस चौताराको अस्तित्व रहँदै आएको बताउनुहुन्छ । स्थानीय ऐतिहासिक महत्वका सम्पदाको संरक्षणलाई समूहले उच्च प्राथमिकतामा राख्दै त्यसका लागि सम्बन्धित निकायमा पहल गरिरहेको समूहका अध्यक्ष कर्णकुमारी महतले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्