विराटनगरको अतिथि सदनमा सधै लफडै–लफडा

विराटनगरको अतिथि सदनमा सधै लफडै–लफडा

प्रेम देवान
विराटनगर । अतिथि सदन मारवडी समुदायको विरासतमा रहँदै आएको छ । यो सदनमा कहिले आर्थिक हिनामिना त कहिले भवन निर्माण र कहिले सटरका भाडाको विषयले विवादमा तानिरहेको हुन्छ । व्यावसायिक प्रयोजनका लागी लगाइएको सटरको भाडा ह्वात्तै बढाएको भन्दै लामो समयदेखी बस्दै आएका व्यापारीहरुले मंगलबार विरोध गरेका छन् ।

कोरोना माहामारीको कारण लामो समयसम्म थलिएका व्यावसायीलाई एकै चोटी सय गुणा भाडावृद्धी गेरपछी अतिथि सदनमा कारोबार गर्ने भाडादार व्यापारीले असन्तुष्ट पोखेका हुन् । अतिथि सदनमा बाहिरपटीका ७ वटा सटरमा यस अघि ९६ प्रति स्क्वाएर फिट भाडा लिदै आएकोमा २०७८ बैसाख यता १७५ प्रति स्क्वाएर फिट भाडा कायम गरिएपछि चरम विवाद उत्पन्न भएको हो ।

लकडाउनले थलिएको बेला यसरी भाडादर बढाउँदा आफुहरुलाई मारमा परेको व्यापारी अरविन्द अग्रवालले गुनासो गरे । उनले भने,‘यस अघि जम्मा मासिक २६ हजार देखी ३० हजार लिदै आएकोमा अहिले एकै चोटी ५५ देखी ६० हजार पुगेको छ ।’ ‘यो पटक पटकको लकडाउनमा हामीले बन्द भएको व्यापारमा नोक्सानी खादै आएका छौं, त्यो माथी यसरी भाडा बढाईदिदा हामी घरको न घाटको अवस्थामा पुग्छौ ।
त्यति मात्र हैन मंगलबार अतिथि सदनका कार्यसमितीका पदाधिकारी र सो ठाँउका व्यापारीहरुबीच बसेको छलफलमा व्यापारीहरु माथी दुव्यवहार भएको समेत उनीहरुले गुनासो गरेका छन् ।

छलफल कार्यक्रममा श्री स्याम ईन्टरप्राईजजका संचालक मुकेश कुमार मोरमाथी अश्लिल शब्द प्रयोग गर्दै गाली गलौज भएको व्यापारीहरुले बताएका छन् । दुवैपक्षबीच छलफल भईरहदा कार्य समितिका सदस्य संजय दुगडले आफुमाथी अपशब्द र दुव्यवहार गरेको मोरले आवर विराटनगरसँग गुनासो गरे ।
दुगड जैन भवनका न्याय मण्डलका महासचिव समेत हुन् । तर जैन धर्ममा भने कसैलाई गाली गलौज गर्नु पाप सहर मानिदै आएको छ । महासचिव जस्तो प्रतिष्ठत व्यक्तिले यसरी सार्वजनिक रुपमा गाली गलौज गर्नु ठिक नभएको व्यापारीहरुको भनाई छ । जसरी दुगडले गाली गलौज गरेका छन् त्यसैगरी सार्वजनिक रुपमै माफी माग्नुपर्ने र तत्काल कार्य समितिबाट हटाउनु पर्ने उनीहरुको माग छ ।

यता अतिथि सदनका संरक्षक शुशिल धनावतले भने खासै ठूलो विवाद नभएको जिकिर गरे । कुनै सामाजिक संघ सस्थामा सामान्य विवाद त भई हाल्छ नी यसलाई मियाबाजी गरिहाल्नु पर्ने आवश्यक नभएको बताउँछन् । अतिथी सदनको संरचनलाई नयाँ स्वरुप बनाइएकाले अहिले केही भाडादरमा कार्य समितीको बैठक बसेर वृद्धी गरिएको अतिथी सदन कार्य समितिका अध्यक्ष दिनेश गोल्छाले बताए । अतिथी सदनमा पहिले निशुल्क शौचालय गर्न पाईन्थ्यो भने अहिले शुल्क लिन थालिएको छ । जुन कुरा बजारका स्थानिय व्यापारीहरुले जनगुनासो गर्दै आएका छन् । शुभल शौचालय भनेर दिशा गरे वापत १० र पिसाव फेरे वापत ५ रुपैया शुल्क लिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्