प्रविधि, मल र उन्नत बीउले धानमा आत्मानिर्भर : प्रदेश १ मा खेति घट्दै, उत्पादकत्व बढ्दै

<span class='c1'>प्रविधि, मल र उन्नत बीउले धानमा आत्मानिर्भर :</span> <span class='c2'>प्रदेश १ मा खेति घट्दै, उत्पादकत्व बढ्दै</span>

विराटनगर । धानमा आत्मानिर्भर प्रदेश १ का १४ जिल्लामा असारको १४ गतेसम्म १८ प्रतिशत रोपाँई सकिएको छ । प्रदेश १ मा ३ लाख ४० हजार ८२९ हेक्टर क्षेत्रफल धान खेतियोग्य मानिन्छ । यो क्षेत्रफलमध्ये ३ लाख २६ हजार हेक्टरमा गतवर्ष धान खेति गरिएको थियो ।
उच्च–मध्य पहाड तथा तराईमा उत्पादन भएको धान प्रदेशवासीले खपत गरेर तीनलाख टन अन्य प्रदेशलाई निर्यात गर्दै आएको छ । पछिल्लो दशवर्षमा तराईको झापा, मोरङ र सुनसरीमा धानको खेतियोग्य जमिन क्रमशः घट्दै गएको तथ्यांकमा देखिन्छ । गतवर्ष ३ लाख २६ हजार हेक्टर क्षेत्रफलमा धान खेति भएको थियो । खेतियोग्य क्षेत्रफल घट्दै गएपनि अनुकुल मौसम, उन्नत बीउ तथा मल, सिंचाईयोग्य जमिनको सहज प्रवन्धका कारण वर्षेनी उत्पादकत्व भने बढ्दै गएको छ ।

भूमि व्यवस्था तथा कृषि सहाकारी मन्त्रालयका प्रवक्ता एवं वरिष्ठ कृषिप्रसार अधिकृत राजेन्द्र उप्रेतीका अनुसार झापा, मोरङ र सुनसरीमा पछिल्लो १० वर्षमा धानखेतियोग्य २५ हजार हेक्टर क्षेत्रफल जमिन घटेको छ । सुनसरीको तुलनामा झापा र मोरङको खेतियोग्य जमिनको क्षेत्रफल वर्षेनी घट्दै गएको हो ।
प्रदेश १ का उच्च पहाडका ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुमा २३ हजार १३७ हेक्टर क्षेत्रफल धान खेतियोग्य छ । आर्थिक वर्ष २०७६÷२०७७ मा ५८ हजार ८७५ मेट्रिक टन धान उत्पादन भएको उच्च पहाडमा गतवर्ष ६० हजार ७१५ मेट्रिक टन धान उत्पादन भएको थियो । मौसम अनुकुल हुँदा अघिल्लो वर्षको तुलनामा गतवर्षको उत्पादकत्व बढेको प्रवक्ता उप्रेतीले जानकारी दिनुभयो ।

यसैगरी मध्यपहाडका पाँचथर, इलाम, भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर, ओखलढुंङ्गा र खोटाङ्गको ७७ हजार १३८ हेक्टर क्षेत्रफल धानखेतियोग्य मानिन्छ । अघिल्लो वर्ष २ लाख ४४ हजार ४९३.३४ मेट्रिक टन धान उत्पादन भएको यी जिल्लामा गतवर्ष ८८ हजार ७९०.२६ हेक्टरमा धान रोपाँई भएको थियो । मध्यपहाडमा गतवर्ष २ लाख ५५ हजार १५३ मेट्रिक टन धान उत्पादन भएको तथ्यांक छ ।
तराईका झापा, मोरङ र सुनसरीको अघिल्लो वर्ष २ लाख १९ हजार ८५९ हेक्टर क्षेत्रफलमा ९ लाख ३५ हजार ३७१ मेट्रिकटन र गतवर्ष २ लाख २० हजार ४५१ हेक्टर क्षेत्रफलमा ९ लाख ९५ हजार ३७७.३२ मेट्रिकटन धान उत्पादन भएको तथ्यांक छ ।

मन्त्रालयका प्रवक्ता एवं वरिष्ठ कृषि प्रसार अधिकृत उप्रेतीका अनुसार धान उत्पादन प्रतिहेक्टर ३ टनबाट ४ टन नजिकको उत्पादकत्व पछिल्लो दशवर्षमा पुगेको छ । गतवर्ष उच्च पहाडमा २.५६ प्रतिहेक्टर, मध्यपहाडमा २.८७ प्रतिहेक्टर र तराईमा ४.५२ प्रतिहेक्टर उत्पादकत्व थियो । अनुकुल मौसमका कारण गतवर्ष समयमै धान रोपिएका कारण अघिल्लो वर्षको तुलनामा २ हजार ६२५ हेक्टर थप क्षेत्रफलमा धान रोपाँई भएको थियो । रोगकिराको प्रकोप नहुँदा र समयमै वर्षात् भएका कारण आर्थिक वर्ष २०७६÷२०७७ को तुलनामा आर्थिक वर्ष २०७७÷२०७८ मा धानको उत्पादन बृद्धि भएको हो ।

प्रदेश १ मा गतवर्ष १३ लाख ११ हजार २४५.१४७ मेट्रिक टन धान उत्पादन भएको प्रवक्ता उप्रेतीले जानकारी दिनुभयो । अघिल्लो वर्ष ११ लाख ९८ हजार ७४०.५० मेट्रिक धन धान उत्पादन भएको थियो । अघिल्लो वर्ष धानको उत्पादकत्व ३.७४ प्रतिहेक्टर रहेको थियो भने गतवर्ष ३.९४ प्रतिहेक्टर देखिएको छ । कृषिमा यान्त्रिकीकरणसँगै व्यवसायीक कृषि प्रणालीलाई प्रोत्साहन पुग्न थालेपछि उत्पादकत्व बढ्दै गएको हो ।
यो वर्ष समेत मौसम अनुकुल रहेका कारण असारको पहिलो हप्ता नै ९.६० प्रतिशत क्षेत्रफलमा धान रोपाँई भएको थियो । दोस्रो साताको असार १४ गतेसम्म ६१ हजार ५४१ हेक्टर क्षेत्रफल अर्थात् १८ प्रतिशत रोपाँई सकिएको प्रवक्ता उप्रेतीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्