विराटनगरका किराना पसलमा अनुगमन, म्याद गुज्रेका सामान बेच्नेलाई जरिवाना

विराटनगरका किराना पसलमा अनुगमन, म्याद गुज्रेका सामान बेच्नेलाई जरिवाना

विराटनगर । विराटनगरमा बजार अनुगमन सुरु गरिएको छ । वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको नेतृत्वमा जिल्ला प्रशासन कार्यलय , खाद्य प्रविधि कार्यालयको संयुक्त टोलिले मंगलबार ४ वटा पसलमा अनुगमन गरेको हो ।

खाद्यवस्तुको बिलबिजक नदेखाउने विराटनगरका तीन वटा खुद्रा पसल र म्याद गुज्रेका सामान राख्ने पसलमा खाद्यवस्तु नष्ट गरेको छ ।
यसरी कारवाही पर्नेहरूमा विराटनगर ९ बी प्लट भित्र रहेको मोनिका पूजा एवं किराना पसल, गणेश किराना भण्डार , ओम शान्ति किराना पसल र टाटा किराना पसल रहेका छन् । उनीहरूको पसलमा रहेको खाद्यबस्तुको बिलबिजक नदेखाएपछि कारवाही गरिएको वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमिक्त कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिनुभयो । साथै पसलमा म्याद गुज्रेका सामानहरु समेत जफत गरी नष्ट गरिएको छ ।

कारवाहीमा परेका पसलहरूलाई वाणिज्य कार्यालयले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारवाहीको दायरमा ल्याएको उहाँले बताउनुभयो । वाणिज्य कार्यालयले मोनिका पूजा एर्व किराना पसललाई २० हजार रुपैयाँ, गणेश किराना भण्डार र ओम शान्ति किराना पसललाई जनही १०÷१० हजार रुपैयाँ जरिवना गराएको हो । साथैे टाटा किराना पसलबाट म्याद गुज्रेको सामान जफत गरी नष्ट गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्