तस्करी गरेर चिनी ल्याउँदै गर्दा ट्रक र चालक विराटनगरमा पक्राउ

तस्करी गरेर चिनी ल्याउँदै गर्दा ट्रक र चालक विराटनगरमा पक्राउ

विराटनगर । तस्करी गरेर नेपाल भित्र्याइएको चिनीसहित ट्रक र चालक सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएको छ । चिनी भारतदेखि अवैध रूपमा भित्र्याएर ट्रकमा लोड गरि ल्याएको खुलेको हो ।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट बखरीको टोलिले बिहीबार दिउँसो चिनी बोकेको ट्रकलाई नियन्त्रणमा लिएको थियो । बिओपीका इन्चार्ज प्रहरी निरीक्षक दिलबहादुर पन्तको टोलीले विराटनगर–६ ब्रम्हापुरादेखि अवैध चिनी बोकेको को १ ख २१२९ नम्बरको मिनी ट्रकलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल मोरङका एसपी तिर्थ पौडेलले जानकारी दिनुभयो ।

मिनी ट्रकका चालक सुनसरी देवनगन्ज गाउँपालिका – २ का २८ वर्षीय राजेश कुमार खत्वी पनि नियन्त्रणमा परेका छन् । उनले चिनी विराटनगरको भट्टीमोडसम्म पु¥याउने जिम्मा लिएको खुलेको छ ।
प्रहरीले नियन्त्रणमा लिएको सवारी देवनगन्ज २ का विसनदेव मेहताको भएको खुलेको छ । सुनसरीबाटै तस्करी गरेर अमरडुवामा राखिएको चिनी ट्रकमा चिनी लोड गरेर विराटनगरमा ल्याईरहेको बेला बाटोमै पक्राउ परेको हो ।
प्रहरीले बरामद गरेको चिनी २ लाख १० हजार मूल्य बराबरको मूल्यांकन गरिएको छ । बरामद चिनी बिओपी बखरीले विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्