सामाजिक सुरक्षा कोषको विरुद्ध एनआईसी एशिया बैंकको प्रदर्शन

<span class='c1'>सामाजिक सुरक्षा कोषको विरुद्ध</span> <span class='c2'>एनआईसी एशिया बैंकको प्रदर्शन</span>

नेपाल सरकारद्धारा नयाँ युगको सुरुवात भन्दै भव्यरुपमा सुरुवात गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा कोष विभेदकारी र अन्यायपूणर् रहेको हुनाले एन आई सी एशिया बैंक कर्मचारी संघ उक्त योजनाको विरोध गर्दै शुक्रबार एनआईसी एशिया बैंक कर्मचारी संघले देशैभरी एन आई सी एशिया बैंकका प्रमुख कार्यालय तथा प्रादेशिक कार्यालयहरुमा विभिन्न मागहरु राख्दै विरोध प्रर्दशन गरेको छ ।
सामाजिक सुरक्षा कोष ऐन, नियमावली तथा कार्यविधिमा यस अघि नै बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका कर्मचारी युनियनहरुले संयुक्त रुपमा पेश गरेका सुझावहरुको सम्बोधन गर्न अनुरोध गर्दै प्रदर्शन गरेको हो ।

सामाजिक सुरक्षा कोष योजनाका कतिपय बुँदा कर्मचारीको हित हुने गरी परिमार्जन गर्नु पर्ने आवस्यकता देखिएको र हालको विभेदकारी व्यवस्थाले विगतका उपलब्धिहरु समेत गुम्ने खतरा रहेको बताउदै उक्त योजनामा कदापी संलग्न हुन नसकिने कुरामा संघले ध्यानाकर्षण गरेको छ ।
हालको व्यवस्था न्युनतम पारिश्रमिक हुने वर्गलाई केही राम्रो देखीएपनि लामो समयसम्म संघर्ष गर्दै विभिन्न सुविधा हासिल गर्न सफल बैंकिङ्ग क्षेत्रका कर्मचारीलाई भने खासै आवस्यक नदेखिएको अवस्थामा पनि सरकारको योजनालाई मुर्तरुप दिन बैंकिङ्ग क्षेत्रका कर्मचारीवर्ग उक्त योजनामा आवद्ध हुन तयार रहेको तर हालको विभेदकारी बुँदाहरुलाई भने परिमार्जन गर्नुपर्ने संघको माग छ ।

एन आई सी एशिया बैंक कर्मचारी संघका अध्यक्ष सुमन थापाले आफुहरु योजनामा नजाने भन्ने नभई यथावस्थामा भएको विभेदले आफुहरु त्यसको हामी विपक्षमा रहेको र आफ्नो बुँदागत माग पुरा नहुँदासम्म विरोध कार्यक्रम जारी राख्ने बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्