प्याब्सन अध्यक्ष टिकाराम पुरीको तीन बुँदे सुझावसहित सरकारलाई पत्र, संक्रमण घटेका पालिकामा विद्यालय सञ्चालनको माग

प्याब्सन अध्यक्ष टिकाराम पुरीको तीन बुँदे सुझावसहित सरकारलाई पत्र, संक्रमण घटेका पालिकामा विद्यालय सञ्चालनको माग

विराटनगर । कोरोना संक्रमण जोखिम न्यून हुँदै गएका स्थानीय तहहरुका विद्यालय सञ्चालनको बाटो फुकाउन प्याब्सनले सरकारसँग माग गरेको छ । निजी तथा आवासिय विद्यालयहरुको संगठन (प्साब्सन)को केन्द्रीय समितिले शिक्षामन्त्रीलाई पत्र लेख्दै देशभर एकसाथ नभएपनि संक्रमण जोखिम कम भएका स्थानीय तहको पढाई सञ्चालन गराउन माग गरेको हो ।

प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीका अनुसार तीन बुँदे सुझावसहितको पत्र शिक्षा मन्त्रालयमा पठाइएको हो । जोखिम कम भएका पालिकामा विद्यालय सञ्चालन सुरु गर्नुपर्ने, कक्षा १२ को परीक्षा साउनमै गराउने गरि तालिका सार्वजानिक गर्नुपर्ने र निजी विद्यालयका शिक्षक–कर्मचारीलाई खोप लगाउने वातावरण सिर्जना गर्नुपर्ने माग गरिएको हो ।

देशैभर एकै पटक विद्यालय खोल्न सकिदैन, अध्यक्ष पुरीले भन्नुभयो–संक्रमण घट्दै गएका स्थानीय तहका विद्यालय सञ्चालन गर्दै जाने र जोखिम रहेका पालिकाहरुमा अन्य विधिबाट पढाई सुरु गर्नुपर्छ । सरकारलाई साउनदेखि नै विद्यालय सञ्चालन गर्ने, एईईको नतिजा सार्वजानिक गरेर कक्षा ११ को भर्ना लिने, कक्षा १२ को परीक्षा तालिका सार्वजानिक गर्ने र भ्याक्सिनको सर्वसुलभ उपलब्धता गराउने विषयमा ध्यानाकर्षण गराइएको हो ।

केन्द्रीय अध्यक्षले शहरी क्षेत्रमा जोखिम रहेका पालिकाहरुको हकमा भने अहिले नै विद्यालय सञ्चालन गरेर विद्यार्थीको भौतिक उपस्थिति गराउन सक्ने अवस्था नरहेको सुझाव दिनु भएको छ । विराटनगरमा अहिले नै विद्यालय खोल्नुपर्छ भन्ने पक्षमा सहमत छैन, अध्यक्ष पुरीले भन्नुभयो–जोखिम न्यूनीकरण नहुँदासम्म इन्टरनेटको पहुँच भएका क्षेत्रमा अनलाइन कक्षा नै उचित हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्