विना दर्ता फार्मेसी–पञ्जा प्रकरण, सेवाग्राहीलाई ठगी गर्ने फार्मेसी संचालक कहाँ छन् ?

विना दर्ता फार्मेसी–पञ्जा प्रकरण, सेवाग्राहीलाई ठगी गर्ने फार्मेसी संचालक कहाँ छन् ?

विराटनगर । तत्कालिन कोरोना माहामारीको समयमा विराटनगर हस्पिटल चौकस्थित नामै नखुलेको फार्मेसीका संचालक शंकर यादवले चिकित्सकको सिफारिस विपरित बिरामीका नाममा औषधी थमाउने र खरिद भन्दा बढीको बिल बनाउने गरेको भनेर केही समय अगाडी आवर विराटनगर डटनेटबाट भिडियो सहितको समाचार प्रशारण गरेका थियो ।

सिरहा जिल्लाको गोलबजार नगरपालीका १३ का ५५ बर्षीय विन्देश्वर पासवान विरामी भई विराटनगरमा रहेको गोल्डेल आस्पतालमा उपचारको लागि ल्याउँदा एकलाख ३० हजार मूल्यको औषधी बिक्री गरेर तीनलाख ५ हजारको बिल बनाएको खुलेपछि आवर विराटनगरले समाचार प्रशारण गरेको थियो ।
तत्काल उक्त समाचार प्रशारण हुन साथ औषधी व्यावस्था विभाग विराटनगरले स्थलगत अनुगमन गरी सो सो पसलमा पुग्दा संचालक फरार बनेका थिए । औषधी व्यावस्था विभागमा समेत दर्ता नगरी संचालन गरेको भेटिएपछि अनगुमन टोलीले सो फार्मेसीलाई बन्द गराएको थियो ।
औषधी संचालक २ महिना सम्म फरार बनेका यादवको खोजीमा मोरङ प्रहरी लागी परेको थियो । फरार बनेका यादव विरुद्ध पिडित विन्देश्वर पासवानका छोरा गरदिप पासवानले औषधी व्यावस्था विभाग र जिल्ला प्रहरी कार्यालयमा आफु ठगिएको बारे उजुरी दिएका छन् ।

फार्मेसी संचालकले अस्पतालमा बसेको १८ दिनको चिकित्सकले प्रयोग गर्ने पन्जाको मात्र ५५ हजारको विल बनाएका थिए । जुन ५० प्याकेट प्रयोग भएको देखिन्छ ।
त्यसैगरी अन्य औषधीको मुल्य पनि चिकित्सकको सिफारिस विपरित औषधीको विलिङ गरेको विरामीका आफन्तले बताएका छन् । विराटनगर कन्चनबारीमा रहेको हेल्थ केयर फार्मेसीको नामबाट अस्पताल चौकमा गैरकानुनी तवरले सञ्चालित फार्मेसीले मनमौजी रुपमा सेवाग्राहीलाई ठगी गर्ने खुलेपछि औषधी विभागले हेल्थ केयरलाई पनि शिलबन्दी गरेको थियो । विना दर्ता र चिकित्सकको सिफारिस विपरित औषधीको विलिङ गर्ने यादव गत असार १५ गते विभागमा आफै हाजिर भएको औषधी व्यावस्था विभाग विराटनगरका प्रमुख शंजिव शर्मा कटेलले बताउनुभयो । औषधी विभागले लिएको बयानका आधारमा पिडित पक्षलाई आफैले विलिङको गरेको बताएका छन् । पिडित पक्षले ३५ हजार दिएको र बाकी रकम पाउन बाकी रहेको बताएका छन् ।

शर्माका अनुसार अब पिडित पक्षलाई पनि बयान लिने र थप औषधी विलिङमा थपघट गरेको भेटिए कानुनी बमोजिक कारबाही गरिनेछ । उता विरामीबाट फार्मेसीका सञ्चालकले सेवाग्राहीलाई आफैं थमाएको ३ लाख ५ हजारको बिल संशोधन गर्दै १ लाख ३० हजारको मात्रै औषधी खपत भएको विल दिएका छन् । तर संचालक फरार भएका कारण पिडित पक्षले पनि सो रकम औषधी पसलमा बुझाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्