चन्द्रनिगाहपुरमा ४ मेगावाटको सौर्य विद्युत आयोजना तयार

<span class='c1'>चन्द्रनिगाहपुरमा ४ मेगावाटको सौर्य</span> <span class='c2'>विद्युत आयोजना तयार</span>

प्रदेश २ को रौतहटस्थित चन्द्रनिगाहपुरमा ४ मेगावाट विद्युत उत्पादन गर्ने सौर्य विद्युत आयोजना तयार भएको छ ।

अपि पावर कम्पनी लिमिटेडले संचालनमा ल्याएको यस आयोजनाको डिजाइन, उपकरण आयात, निर्माण, जडान तथा सञ्चालनको काम कुशल प्रोजेक्ट्स नेपाल कम्पनीले गरेको हो ।
कोरोना महामारीको दोस्रो लहर र निषेधाज्ञाहरुको अवरोध भएपनि आयोजना तोकिएको ४ महिना समय भित्रै तयार भएको कम्पनीले दाबी गरेको छ।

आयोजनाको विद्युत ३३ केभी प्रसारण लाइनमार्फत ३ किलोमिटर दुरीमा रहेको चन्द्रनिगाहपुर सबस्टेसनमा जोड्ने तयारी भएको छ।

यो नेपालमा निजि क्षेत्रले संचालनमा ल्याएको र ग्रिडसँग जोडिएको तेस्रो सौर्य विद्युत आयोजना हो । यस अघि लुम्बिनि प्रदेशको बुटवल र प्रदेश २ को धनुसामा रहेका आयोजनाहरु ग्रिडमा जोडिएका थिए ।

आयोजनाले उत्पादन गरेको विद्युत आगामी २५ वर्षसम्म प्रतियुनिट ७.३० रुपैयाँमा नेपाल विद्युत प्राधिकरणले खरिद गर्नेछ ।

कम्पनीले १२ बिघा क्षेत्रफलमा ४ सय वाटका ११ हजार १ सय १२ वटा सौर्य प्यानल राखेर विद्युत उत्पादन गर्न आयोजना निर्माण गरेको हो । यो आयोजनाले वार्षिक ६९.२५ गिगावाट घन्टा विद्युत उत्पादन गर्नेछ । मासिक ५ लाख युनिटसम्म विद्युत उत्पादन हुनेछ ।

कुशल प्रोजेक्ट नेपाल प्रालिका प्रबन्ध निर्देशक सन्दिप अग्रवालले यो नयाँ सौर्य उर्जा प्लान्टले नविकरणीय उर्जा उत्पादनमा नयाँ कोषेढुंगा साबित हुदै सरकारको २ सय ५० पालिकाहरुमा ३ सय ७५ मेगावाट सौर्य उर्जा उत्पादन गर्ने योजनामा योगदान गर्ने विश्वास व्यक्त गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्