तास्मानियाको नेपाली सोसाइटीको अध्यक्षमा खगेन्द्र सत्याल विजयी

तास्मानियाको नेपाली सोसाइटीको अध्यक्षमा खगेन्द्र सत्याल विजयी

शनिबार सम्पन्न वार्षिक साधारणसभाबाट नेपाली सोसाइटी अफ तास्मानियाको अध्यक्षमा खगेन्द्र सत्याल बिजयी भएका छन् ।

सोसाइटीको अध्यक्षका लागि खगेन्द्र सत्याल र अश्रणा पौडेको उम्मेदवारी परेको थियो । तर, निर्वाचन अधिकृत अर्जुन प्रसाइको रोहबरमा भएको मतदानबाट एक वर्षका लागि अध्यक्षमा सत्याल निर्वाचित भएका हुन् । त्यस्तै, सोसाइटीका बाँकी पदाधिकारीहरू भने सर्वसम्मतिले चयन भएका थिए ।

सोसाइटीको उपाध्यक्षमा मेघना राउत चयन भएकी छिन् । त्यसैगरी, सचिवमा वसन्त घिमिरे, कोषाध्यक्षमा डोल्मा शेर्पा निर्वाचित हुँदा सदस्यहरूमा भने गायत्री पाण्डे, अनिल दङ्गाल, अनुज अधिकारी, विष्णु सापकोटा र पूर्णीमा श्रेष्ठ निर्विरोध निर्वाचित भए ।

नवनिर्वाचित अध्यक्ष सत्यालले स्थानीय नेपाली संघसंस्थाहरूसँग सहकार्य गर्दै अघि बढ्ने बताउँदै विभिन्न योजनाहरू समेत सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेका योजनाहरूमा संस्थाका संस्थापक अध्यक्षहरुलाई सम्मान गर्ने, होबार्टमा संचालित पाठशालाको आप्नै पाठ्यक्रम बिकास गरी स्तरीय बनाउने र नेपाली भाषा कला र संस्कृति प्रव्रर्धन गर्न स्थानीय सरकारसंग आर्थिक सहयोगका लागि पहल गर्ने लगयात रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्