तस्करी रोक्न विराटनगरका उद्योगी–व्यापारीले प्रहरीसँग गरे आग्रह

तस्करी रोक्न विराटनगरका उद्योगी–व्यापारीले प्रहरीसँग गरे आग्रह

विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले सीमा क्षेत्रबाट हुने अवैध कारोबारलाई नियन्त्रण गरेर स्थानीय बजार व्यवस्थापनका लागि वातावरण सहज बनाईदिन नेपाल प्रहरीसँग आग्रह गरेका छन् ।
मोरङ व्यापार संघले नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डिआईजी) अरुणकुमार बिसी र जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) जनार्दन जिसी तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) दिपक श्रेष्ठलाई एक कार्यक्रमको आयोजना गरिकन सीमाबाट हुने तस्करीले स्थानीय बजार प्रभावित भएको गुनासो गरेका हुन् ।

प्रदेश र जिल्लामा सरुवा भर्खरै सरुवा भएर आउनु भएका डिआईजी बिसी, एसपी जिसी र डिएसपी श्रेष्ठलाई स्वागत गर्दै उद्योगी व्यवसायीले शान्ति सुरक्षा, औद्योगिक–व्यवसायीक वातावरणका लागि चोरी पैठारी निकासी रोकिदिन आग्रह गरिएको छ ।
चोरी पैठारी निकासी नरोकि स्थानीय उत्पादन र बजार सुरक्षित नहुने भएकोले नेपाल प्रहरीले त्यसका लागि विशेष पहल लिनुपर्ने मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाको आग्रह थियो । उद्योगी–व्यापारी र प्रहरीबीचको सुमधुर सम्बन्ध आवश्यक रहने बताउँदै त्यसका लागि औद्योगिक–व्यसायीक संरक्षणको जरुरी रहेको अध्यक्ष मुन्दडाले भनाई राख्नु भएको हो ।

संघका पूर्व अध्यक्ष शंकरलाल अग्रवालले निजी क्षेत्रलाई चलायमान बनाउनका लागि प्रहरीले सुरक्षाको समन्वयमा विशेष सहयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले सीमा क्षेत्रबाट भित्रने वस्तुले विराटनगरको बजार कब्जा गरिसकेको बताउँदै आउँदै गरेका चाडपर्व लक्षित गरेर सीमापार हुने अनौपचारिक व्यापारलाई नियन्त्रण गरिदिन माग गर्नु भएको थियो ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्षश्री नविन रिजालले विगतमा झैं निजी क्षेत्रले प्रहरीलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । संघका महासचिव अनिलकुमार साह उपाध्यक्षद्वय अनुपम राठी र विकास कुमार बेगवानी लगायतले प्रहरीका प्रमुखहरुलाई स्वागत गर्नु भएको थियो ।
प्रहरी नायव महानिरीक्षक अरुण कुमार बीसी पृथक ढंगले शान्ति सुरक्षाको प्रत्याभूति गराउने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । डिआईजी बिसीले सीमा क्षेत्रबाट हुने तस्करी नियन्त्रणमा निजी क्षेत्रले पनि सहयोगी बनिदिनुपर्ने आग्रह गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्