अमेरिकाबाट आएको खोप प्रदेश १ मा साउनको पहिलो साताबाट लगाईने

अमेरिकाबाट आएको खोप प्रदेश १ मा साउनको पहिलो साताबाट लगाईने

विराटनगर । अमेरिकाबाट नेपाललाई पठाएको जोन्सन एण्ड जोन्सन खोप प्रदेश नम्बर १ मा साउनको पहिलो साता भित्र लगाउने तयारी गरिरहेको छ । स्वास्थय निर्देशनालय प्रदेश नं. १ धनकुटा अनुसार आगामी साउनको २ गतेबाट प्रदेश नम्बर १ का जिल्लाहरुमा खोप लागउने तयारी भईरहेको जनाएको हो ।

स्वास्थ्य निर्देशनालय प्रदेश नं. १ धनकुटाका निर्देशक ज्ञान बहादुर खड्काका अनुसार भेरोसेल र जोन्सन एन्ड जोन्सनको खोपका लागि लक्षित समूह छुटाएर लगाउने तयारी भईरहेको छ । नेपालमा आएको झन्डै १५ लाख जोन्सन एन्ड जोन्सन खोप ५० देखि ५४ वर्ष उमेर समूहका सबै नागरिक, पूर्ण र अति अशक्त अपाङ्गता भएका नागरिक र नेपालमा बसोबास गरिरहेका शरणार्थीलाई लगाइने उहाले बताउनुभयो ।

जोन्सन खोपको मात्रा एक पटक मात्र दिए पुग्छ । स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा सरसफाइकर्मी र यसअघिको अभियानहरूमा खोप लगाउन छुट भएका सबै जनालाई खोप लगाउने तयारी भईरहेको खड्काले बताउनुभयो । प्रदेश नम्बर १ का सबै जिल्लाहरुको तत्थ्याङक र विवरण संकलन गरी स्वास्थ्य तथा जनसख्या मन्त्रालयमा आज बेलुका सम्म पठाई सक्ने र त्यही विवरण अनुसार खोप ल्याउने तयारी भईरहेको छ ।

भेरोसेल ५५ वर्ष र माथिको उमेर समूहका सबै नागरिकलाई लगाइनेछ । यस्तै भेरोसेल विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरू, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई पनि लगाइने खड्काको भनाई छ ।
उता सरकारले आजदेखि ७७ वटै जिल्लामा कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाउने भनिएता भने बागमती प्रदेशमा मात्र लगाउदै छ । खोप लगाउनका लागि नागरिकले उमेर खुल्ने आधिकारिक प्रमाण नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र र आवश्यक प्रमाणपत्र नभए वडाबाट उमेर प्रमाणित कागजात लिएर जानुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्