विराटनगरको भईरहेको विद्युत अवरुद्धको कारण यस्तो

<span class='c1'>विराटनगरको भईरहेको विद्युत</span> <span class='c2'>अवरुद्धको कारण यस्तो</span>

विराटनगर । विराटनगरका विभिन्न क्षेत्रमा गत २२ गते यता दिनभरीको विद्युत अवरुद्ध भईरहेको छ । विभिन्न क्षेत्रमा बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म भईरहेको विद्युत अवरुद्धको कारण उपकरणको मर्मत र अपग्रेडेसन रहेको छ। मोरङको टंकीसिनवारी स्थित रहेको ३३-११ के.भी सव स्टेशनमा नयाँ ब्रेकर राख्नुपर्ने भएका कारण भोली बुधबार बुलेकासम्म विधुत लाईन अवरुद्ध हुने विधुत प्राधिकरण विराटनगरले जनाएको छ ।
टंकीमा रहेको पुराना ब्रेकर हटाएर नयाँ राख्नुपर्ने भएका कारण विगत ६ दिनदेखी निरन्तर रुपमा दिउसोको समयमा विधुत लाईन अवरुद्ध भएको विधुत प्राधिकरण विराटनगरका प्रमुख मिथिलेश कुमार गोहीवारले जानकारी दिनुभयो ।

वितरण केन्द्रबाट विभिन्न फिडरहरुमा लाईन अवरुद्ध हुने भएका कारण सेवाग्राहीमा पुग्न गएको असुविधा प्रति विधुत प्राधिकरणले क्षमा प्राथी समेत मागेको छ । यता गर्मीको समयमा दिनभरी दैनिकी लाईन अवरुद्ध भएपछि सेवाग्राहीले आक्रोस पोख्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्