इलाममा न्यायधीशकै क्वाटरमा महिलाको हत्या, हत्या आरोपमा प्रहरीका असई पक्राउ

इलाममा न्यायधीशकै क्वाटरमा महिलाको हत्या, हत्या आरोपमा प्रहरीका असई पक्राउ

विराटनगर । उच्च अदालत विराटनगर, इलाम इजलासमा कार्यरत महिला कर्मचारीको हत्यामा संलग्न भएको आरोपमा नेपाल प्रहरीका असई पक्राउ परेका छन् ।
महिला कर्मचारी बिमलाकुमारी पराजुलीको हत्या आरोपमा इलाम इजलासका न्यायाधीशको सुरक्षागार्ड ३५ वर्षीय युवराज बानियाँ पक्राउ परेका हुन् । बानियाँ नेपाल प्रहरीका असई हुन् । पराजुली इलाम इजलासकी कार्यालय सहयोगी हुन् । उनी सोमबार बिहान कार्यालय परिसरमा मृत भेटिएकी थिइन् ।

असई बानियाँ इलाम इजलासमा कार्यरत न्यायाधीश शिवनारायण यादवका सुरक्षागार्ड थिए । मुख्य न्यायाधीश यादव बिदामा रहेका बेला क्वाटरमा विवाद भएपछि बानियाँले पराजुलीको हत्या गरेको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार बनियाँले हत्यामा आफ्नो संलग्नता स्वीकार गरिसकेका छन् । भेटघाटका क्रममा आइतबार साँझ विवाद भएपछि असई बानियाँले पराजुलीको घाँटी थिचेर हत्या गरेको खुलेको हो । शव झाडीमा फेला परेको थियो ।

बानियाँ र पराजुली दुवै विवाहित हुन् । उनीहरूबीच अवैध सम्बन्ध रहेको प्रहरीले दावी गरेको छ । हत्यामा बानियाँको संलग्नता देखिएपछि उनलाई पक्राउ गरी पाँच दिनको म्याद थप गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।
मृतक पराजुलीले लगाएको कानका गहना क्वाटर भित्र भेटिएका थियो। सिक्री भने बानियाँको साथबाट भेटिएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्