जापानले नेपाललाई सोह्र लाख खोप दिने

जापानले नेपाललाई सोह्र लाख खोप दिने

जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत जापानमै उत्पादित कोभिड–१९ विरुद्धको एस्ट्रा जेनिका खोपको १६ लाख मात्रा नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ ।

जापानका विदेशमन्त्री मोतेगी तोसिमित्सुले आज घोषणा गरेअनुरुप नेपाललाई प्राप्त हुने खोप आवश्यक प्रक्रिया पूरा गरेर चाँडोभन्दा चाँडो नेपाल ल्याइने पराराष्ट्र मन्त्रालयले जनाएको छ ।

जापान सरकारको उक्त निर्णयको स्वागत गर्दै मन्त्रालयले कठिन परिस्थितिमा खोप सहायता प्रदान गरेकामा नेपाल सरकारका तर्फबाट हार्दिक आभार व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्