छोरी जन्मेपछि हत्या गरेर गाड्ने आमाबाबुसहित हजुरबुबा र हजुरआमा पक्राउ

<span class='c1'>छोरी जन्मेपछि हत्या गरेर गाड्ने</span> <span class='c2'>आमाबाबुसहित हजुरबुबा र हजुरआमा पक्राउ</span>

विराटनगर । श्रीमानको अनुपस्थितिमा बसेको गर्भबाट छोरी जन्मिएपछि नवजात शिशुको हत्या गरेर गाडेको आरोपमा रंगेलीमा दम्पति आमाबाबुसहित मावली पट्टीका हजुरबुबा र हजुरआमा पक्राउ परेका छन् । आमाबाबु, हजुरबाबु र हजुरआमा मिलेर नवजात शिशुको हत्या गरेर गाडेको खुलेपछि उनीहरुलाई पक्राउ गरि अनुसन्धान सुरु गरिएको हो ।

श्रीमान् विदेशमा रहेका बखत गर्भ बोकेकी श्रीमतीले नवजात शिशुको जन्मदिएपछि त्यसलाई स्वीकार्न नसक्दा नवजात शिशुको हत्या गरिएको खुल्न आएको छ । रंगेली नगरपालिका–५ आँपगाछी टोलका अरुण मण्डलको श्रीमती २५ वर्षीया खुस्बु मण्डलले दुईदिन अगाडी छोरीलाई जन्मदिएकी थिइन् । त्यसपछि श्रीमान् २८ वर्षीय अरुण मण्डल, ससुरा ५० वर्षीय नागेश्वर मण्डल र सासु ४८ वर्षीया उर्मिला मण्डलले ब्लाङ्केटले घाँटी थिचेर हत्या गरेर गाडेका हुन् ।

नवजात शिशुलाई जन्मदिने खुस्वु समेत घटनामा संलग्न भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनका श्रीमान् अरुण गत चैतमा मात्रै तीनवर्षपछि विदेशबाट घर फर्केका थिए । उनी फर्केको तीन महिनामै खुस्वुले बच्चा जन्माएकी थिइन् । त्यसपछि गर्भ स्वीकार गर्ने अवस्था नभएको भन्दै उनीहरुले ससुराली\माइती पक्षसँगका आमाबुबासँग मिलेर नवजात शिशुको हत्या गरेका हुन् ।

इलाका प्रहरी रंगेलीले नवजात शिशुको हत्या भएको खबर पाए लगतै उनीहरुलाई हिजो नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । त्यस क्रममा रंगेली–५ स्थित चाँदनी चौकमा नागेश्वर र उर्मिलाले सञ्चालन गरेको मदिरा पसलभित्रै हत्यापछि खाल्डो खनेर गाडेको खुलेको थियो । मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठका अनुसार अनुसन्धानपछि उनीहरु चारजना विरुद्ध कर्तव्य ज्यान कसूरमा पाँचदिनको म्याद थप गरि थप अनुसन्धान सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्