नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको शपथ लिनु भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराउनु भएको हो ।
शपथ ग्रहण समारोहमा नेकपा-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाललगायत उपस्थित हुनुभएको छ ।