पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता हुनुपर्ने माग गर्दै पाँच विद्यार्थी संगठनद्वारा विराटनगरमा प्रदर्शन

<span class='c1'>पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता हुनुपर्ने माग</span> <span class='c2'>गर्दै पाँच विद्यार्थी संगठनद्वारा विराटनगरमा प्रदर्शन</span>

विराटनगर । ओली सरकारको पालामा नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्यबृद्धि खारेजी हुनुपर्ने माग गर्दै पाँच विद्यार्थी संगठनले आज विराटनगरमा इन्धन आपूर्ति र वितरण अवरुद्ध पारेका छन् । गत आइतबार राजधानीमा पाँच विद्यार्थी संगठनले ७ बुँदे मागसहित चरणबद्ध आन्दोलनको घोषणा गरे अनुसार आज इन्धनको आपूर्ति र वितरण प्रणालीलाई अवरुद्ध पारिएको हो ।

नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगर, ढुवानीका ट्याङ्कर, वितरण गर्ने पेट्रोलपम्पमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । विपक्षी विद्यार्थी संगठनको हैसियतले घोषणा गरिएको आन्दोलन सत्तापक्ष हुँदा समेत कायम गरिएको हो ।

नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी यूनियन र अखिल (छैटौं)ले आवद्ध विद्यार्थीहरुले विरानगरका पेट्रोलपम्प तथा नेपाल आयल निगममा इन्धन ढुवानी गर्ने सवारी साधनलाई अवरुद्ध गरेका हुन् । पेट्रोलपम्पबाट वितरण हुने इन्धनमा पूर्ण रुपमा रोक लगाइएको अनेरास्ववियु केन्द्रीय सदस्य रोहित गौतमले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्