ग्रामिण सुधार सामुदायिक वनमा बृक्षारोपण

ग्रामिण सुधार सामुदायिक वनमा बृक्षारोपण

कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकामा रहेको ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समुहले आयोजना गरेको वृक्षारोपण कार्यक्रमको बुधबार भव्यता साथ उद्घाटन गरिएको छ । सो कार्यक्रमको उद्घाटन पालिका अध्यक्ष ताराबहादुर काफ्लेले बिरुवा रोपेर गरेका हुन्।

कानेपोखरी ६ सुन्तोलीदेखि पुर्व रहेको सोही वनको क्षेत्र नं। ०३ भित्र पर्ने ७ हेक्टर जमिनमा ११ हजार २ सयवटा बिरुवाहरू रोप्न सुरू गरिएको छ। सव–डिभिजन वन कार्यालय कानेपोखरी, सोही पालिका भित्रका अन्य वन र सव–डिभिजन वन कार्यालय मङ्लबारेले सो बिरूवाहरू उपलब्ध गराएका हुन ।
त्यस ठाउँमा साल, मसला, खयर, अम्बा, जामुन, सत्तिसाल, सिरिस टिकलगायतका जातको बिरुवाहरू रोपण गरिएको ग्रामीण सुधार सामुदायिक वनका अध्यक्ष नवीन राईले बताए ।

औपचारिक समारोहपछी सुरू गरिएको वृक्षारोपण कार्यक्रमको मुल नारा सामुदायिक वन सबैका लागी सधैंका लागि भन्ने रहेको थियो । औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष ताराबहादुर काफ्ले भने, ुबिरुवा रोप्नुभन्दा हुर्काउन गाह्रो हुन्छ, त्यसैले बोटबिरुवाको संरक्षण मेहेनतपुर्वक गर्नु आवश्यक छ । साथै उनले गाउँपालिका भित्रका सामुदायिक वनलाई पालिकाले हरसमय सक्दो सहयोग गर्ने पनि बताए ।

सो वनका अध्यक्ष नवीन राईले वन र मानव जिवनको गहिरो अन्तरसम्बन्ध रहने र एक रूख मास्दा त्यसको विकल्पमा अन्य केही बिरुवाहरू रोप्नु आवश्यक रहेको सुनाए । उनले समुदायस्तरमा कसैलाई निजि वन बनाउँनका लागि बिरुवा चाहिएमा ग्रामीण सुधार वनमा सम्पर्क गर्न अनुरोध समेत गरे ।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले वन र मानव जिवनको अन्तरसम्बन्ध, वन जोगाउन समाज र व्यक्तिले खेल्नुपर्ने भुमिका लगायतका कुराहरू व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रदेश १ सामुदायिक वन उपभोक्ता महासंघका अग्नि पौडेल, डिभिजन वन कार्यालय मोरङ प्रमुख अनिरुद्र शाह, सव डिभिजन वन कार्यालय, कानेपोखरी प्रमुख तुलसीलाल यादव, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय लगायतको उपस्तिथि रहेको थियो।
कार्यक्रमकै दौरानमा उपस्थित विशिष्ट पाहुनाहरूलाई मायाको चिनो ग्रामीण सुधार वन क्षेत्र नं। ३ का अध्यक्ष शेरबहादुर लिम्बुले प्रदान गरेका थिए । कार्यक्रमको सभापतित्व पनि ग्रामीण सुधार वन क्षेत्र नम्बर ३ का अध्यक्ष शेरबहादुर लिम्बुले नै गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्