प्रदेश नं २ को बजेट सर्वसम्मतिले पारित

प्रदेश नं २ को बजेट सर्वसम्मतिले पारित

प्रदेश नं २ को बजेट सर्वसम्मत पारित भएको छ । प्रक्रिया छोट्याएर मङ्गलबार प्रदेशसभाबाट बजेट सर्वसम्मतिले पारित भएको हो ।

आर्थिक वर्ष २०७८-७९ का लागि असार १ गते प्रदेश सरकारले रु ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट सार्वजनिक गरेको थियो । तीमध्ये चालूतर्फ रु १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार अर्थात ४६.२६ प्रतिशत, पूँजीगततर्फ रु १८ अर्ब पाँच करोड ८० लाख ८३ हजार अर्थात ५३.४४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ रु १० करोड अर्थात ०.३० प्रतिशत छुट्याइएको छ ।

असारभित्रै बजेट पारित गर्नुपर्ने बाध्यताका कारण सरकारले प्रक्रिया छोट्याएर बजेट पारित गरिएको हो । मन्त्रालयको बजेट र अबन्डा रकमबारे विपक्षी दलले विरोध गरेपछि मुख्यमन्त्री लालबाबु राउतले दुई दिन सहमतिका लागि प्रयास गर्नुभएको थियोे तर आज मन्त्रालयगत छलफल नगरेरै र मन्त्रीहरूलाई जवाफको समयसमेत नदिएर बजेट पारित गरिएको हो ।

प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले समय अभाव राजनीतिक अवस्थाले बजेटमा त्रुटि र कमीकमजोरी भएको स्वीकार गर्दैे बजेटमा भएको त्रुटि मन्त्रिपरिषद्बाट रेड बुक (बजेट पुस्तिका) सच्याउने प्रतिबद्धता जनाएपछि बजेट पारित भएको हो । उहाँले बजेट पुस्तिकामा रहेको अबन्डा सत्ता पक्ष र विपक्षका सदस्यलाई समावेशी रूपमा पारदर्शी तवरले उपलब्ध गराउने बताउनुभयो । अर्थमन्त्री विजय यादवले पनि बजेटको त्रुटि सच्याउने आश्वासन दिनुभएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्