विराटनगरमा बिद्युत नहुँदा ब्लड बैंकको सेवा समेत प्रभावित

विराटनगरमा बिद्युत नहुँदा ब्लड बैंकको सेवा समेत प्रभावित

विराटनगर । विराटनगरमा बिद्युत आपूर्ति प्रणालीमा समस्या हुँदा बुधबार नेपाल रेडक्रस सोसाइटी अन्तर्गतको ब्लड बैंकको सेवा समेत प्रभावित बनेको छ । अत्यावश्यक सेवा क्षेत्रमा पर्ने ब्लड बैंकमा आएका सेवाग्राहीले बिद्युतकै कारण समयमै सेवा पाउन नसकेका हुन् ।
ब्लड बैंकमा दुईतर्फीको लाइन जोडिएको थियो । तर, दुवैतर्फको फिडरमा बिद्युत कटेपछि समस्या भएको नेपाल रेडक्रस सोसाइटी मोरङका सभापति सुवोध सिंहले जानकारी दिनुभयो ।
लामो समयसम्म लाइन नहुँदा ‘पावर ब्याकअप’ समेत सकिएपछि रक्त सञ्चार केन्द्रमा आएका सेवाग्राहीले मार खेप्नु परेको हो । रक्त सञ्चार केन्द्रमा सेवाग्राहीलाई रगतको सहजीकरणका लागि पुग्नु भएका स्वयंसेवी युवा मनिस आचार्यले बिद्युत नहुँदा सेवाग्राहीले भनेको समयमा रगत संकलन, म्याचिङ र वितरणको अवसरबाट बन्चित हुनु परेको गुनासो गर्नुभयो ।
पछिल्लो समय नेपाल बिद्युत प्राधिकरणले विराटनगर क्षेत्र भित्रका ट्रान्सफर्मरको मर्मत गरिरहेको छ । त्यहि कारणले बिद्युत अवरोध भएपनि अत्यावश्यक सेवा केन्द्रमा वैकल्पिक व्यवस्थापन नगरिएका कारण सेवाग्राहीले मार खेप्नु परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्