मोटरसाईकल दुर्घटनाबाट वडा सदस्यको मृत्यु

<span class='c1'>मोटरसाईकल दुर्घटनाबाट वडा</span> <span class='c2'>सदस्यको मृत्यु</span>

इलाम । इलाम माङसेबुङ गाँउपालिका–४ मार्चेबुङ बस्ने ३६ बर्षीय धन बहादुर राईको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । मार्चेबुङ वडा नम्बर–४ का वडा सदस्य समेत रहेका राई कार्यालयबाट मे ८ प ६०४ नम्बरको मोटरसाईकलमा घरतर्फ जाँदै गर्दा रतुवा पुल नजिक मोटरसाईकल आफै अनियन्त्रिय भई सेतेभिरबाट हिजो दिउँसो ४ बजे खसेको थियो ।

अन्दाजी १०० मिटर तल झरी दुर्घटना हुदा उनि उम्भीर घाईते भएका थिए । टाउकोमा चोट लागी गम्भीर घाईते भएका वडा सदस्य राईको बि एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती पौने १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्