सामाजिक सुरक्षा भत्ताको ३९ लाख रकम चोरी

<span class='c1'>सामाजिक सुरक्षा भत्ताको ३९</span> <span class='c2'>लाख रकम चोरी</span>

बझाङ

बझाङको बुङगल नगरपालिका वडा न ९ र ११ को सामाजिक सुरक्षा भत्ता बापतको रकम वडा सचिवको कोठाबाट चोरी भएको छ ।
नगरपालिकाको वडा नम्बर ९ र ११ को कार्यालय सचिवको जिम्मेवारी सम्हाल्नु भएका सचिव वपिन्द्र महत् तोको कोठाबाट नगरपालिकाको ९ र ११ नम्बरवडामा वितरण गर्नको लागि राखिएको ३९ लाख रकम २९ गते राती चोरी भएको हो । सचिव वडा सदस्य धनबिर बोहराको घरमा भाडामा बस्दै आउनु भएको र पैसा पनि सोही घरको कोठाबाट चोरी भएको प्रहरीले जानकारी दिएको छ ।

घटनाको प्रवृत्ति हेर्दा चोरी भएको भनिएपनि कोठामा तोडफोड गर्ने लगायतको कुनै पनि क्रियाकलाप नभएको पाइएको छ । पैसा राखिएको दराजसमेत तोडफोड नभएको हुँदा घटना शङ्कास्पद देखिएको स्थानीय खडक बोहराले बताउनुभयो ।

वडा सचिव महतोसहित घरबेटीलाई सोधपुछकालागि नियन्त्रणमा लिएर प्रहरी अस्थायी पोस्ट पुतलिलेक र इलाका प्रहरी कार्यालय झापाले घटनाको अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीको बताउनु भयो । निरीक्षक कार्कीले भन्नुभयो, ‘सचिवले कोठा नजिकै वडा कार्यालय भएकाले आफु करिब ९ बजे तिर नेट चलाउन वडा कार्यालय गएको र पैसा दराजमा राखेर ताला लगाएको बताउने गरेका छन् । उक्त घरमा सचिव लगायत २ जना कोठा भाडामा बस्ने गरेको र घरबेटी अर्को घरमा बस्ने गरेको बुझ्नमा आएको छ । करिब २१ लाख ९१ हजार रकम वितरण गरिसकेको र ३९ लाख वितरण गर्नको लागि राखिएको बुझ्नमा आएको छ । सचिव लगायत घरबेटीलाई सोधपुछ गरी अनुसन्धान गर्नेकाम भइरहेको छ ।’

स्थानीयहरूले ताला लगाएको दराजबाट पैसा सुटुक्क राती पैसा चोरी नभई मिलेमतो भएको हुन सक्ने आशंंका गर्ने गरेका छन् । यता वडाका जनप्रतिनिधिहरूलाई बुझ्न खोज्दा समर्पक हुन सकेको छैन ।
-रेडियो नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्