थोत्रो बोरामा पेस्तोल र लागुऔषध नेपाल भित्र्याउँदै आएका भारतका ‘मस्ट वान्टेड’ पप्पु पटेल पक्राउ

<span class='c1'>थोत्रो बोरामा पेस्तोल र लागुऔषध नेपाल भित्र्याउँदै आएका</span> <span class='c2'> भारतका ‘मस्ट वान्टेड’ पप्पु पटेल पक्राउ</span>

विराटनगर । भारतमा विभिन्न अपराधिक क्रियाकलापमा संलग्न भइ फरार भएका भारतिय नागरिक पेस्तोल र लागुऔषध सहित विराटनगरबाट पक्राउ परेका छन् । भारतीय प्रहरीको फरार सूचीमा रहेका जोगबनी नगर पञ्चायत–९ इन्द्रा नगरका ४१ वर्षीय पप्पु कुमार पटेल कटुवा पेस्तोल र ठूलो मात्रामा लागूऔषधसहित पक्राउ परेका हुन् ।

सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट रानी विराटनगरका सशस्त्र प्रहरी निरीक्षक मौसम पोखरेलको कमाण्डमा खटिएको टोलीले विराटनगर–१६ हुलास चौक दक्षिणगेटबाट रातको समयमा पक्राउ गरिएको हो । सशस्त्र प्रहरी निरीक्षक पोखरेलले पेस्तोल र लागूऔषधसहित सीमा ९जङ्गे सीमा स्तम्भ १८० नम्बर० नजिक डम्पिङ साईटको बाटो भएर नेपाल आउने क्रममा बुधबार राती साढे १० बजे पप्पु पक्राउ गरेको जानकारी दिनुभयो ।

पटेलले थोत्रा बोरा भित्र कटुवा पेस्तोल र २ किसिमको लागु औषध नेपाल तर्फ भित्राउने क्रममा सो सामाग्री बरामद गरेको थियो । बोराभित्र लागुऔषध एभिल इन्जेक्सन २ सय ९२ एम्पुल र लुपिजेसिक इन्जेक्सन २ सय ९५ एम्पुल बरामद गरेको छ । पक्राउ परेका पप्पुले यसअघि भारतीय व्यापारीहरूसँग पेस्तोल देखाएर चन्दा असुली गरेको आरोप छ । पक्राउ परेका पटेलललाई राती नै ईलाका प्रहरी कार्यालय रानी विराटनगरमा थप अनुसन्धानको लागाी पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्