उपत्यकाका तीन जिल्लाका प्रजिअहरुको बैठक आज ४ बजे बस्दै

<span class='c1'>उपत्यकाका तीन जिल्लाका प्रजिअहरुको बैठक</span> <span class='c2'>आज ४ बजे बस्दै</span>

काठमाडौँ

उपत्यकाका तीन वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक आज बस्दैछ । बैठक अपरान्ह ४ बजे बस्ने र जारी लकडाउन लगायतका बारेमा छलफल हुने काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । उहाँले छलफल लकडाउनकै बारेमा हुने भएपनि लामो दुरीका यातायात संचालनका बारेमा मन्त्रीपरिषदले नै निर्णय गर्नुपर्ने बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले लामो दूरीका सार्वजनिक सवारीलाई जोर बिजोर प्रणालीमा चलाउन दिने तयारी भएको बताउनुभयो । बैठकले यस विषयमा आवश्यक निर्णय लिने उहाँले बताउनुभयो । साथै बैठकमा कोरोनाको पछिल्लो अवस्थाबारे पनि समिक्षा हुनेछ ।

यसअघि नै काठमाडौं उपत्यकामा सार्वजनिक यातायात जोरबिजोर प्रणालीको नियम हटाइएको छ भने बाहिरबाट आउने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातलाई पनि पासको व्यवस्था गरी उपत्यका भित्रन दिइएको छ ।

पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको अवधि आज राति १२ बजेपछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो ।
-नेपाल टेलिभिजन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्