काठमाडौँ
नेकपा एमालेका अध्यक्ष ओली पक्षको युवा संघले गत सोमबार मात्रै युथ फोर्स पुर्नगठन गरेपछि वरिष्ठ नेता माधव नेपाल समूहले पनि आज अखिल फोर्स गठन गरेको छ । नेपाल समूहका अनेरास्ववियुका सह–अध्यक्ष वसिम आलमले बताएअनुसार शैक्षिक माफिया र अराजकता मच्चाउनेका विरुद्ध परिचालन हुनका लागि अखिल फोर्स गठन गरिएको हो ।
राधानीमा एक कार्यक्रमकाबीच नेपाल निकट अनेरास्ववीयूले तपेन्द्रजंग शाहीको नेतृत्वमा अखिल फोर्स गठन गरेको हो । ओली पक्षले युथफोर्स पुनर्गठन गरेपछि त्यसलाई काउन्टर दिन आफूहरुले अखिल फोर्स गठन गरेको नेपाल समूहका अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुदेश पराजुलीले बताए । अखिल फोर्स देशभरका क्याम्पस तथा जिल्लाहरुमा गठन गरिने उनको भनाई छ । घोषणा कार्यक्रममा नेपाल समूहका शीर्ष नेताहरुको भने उपस्थिती थिएन ।