बजेट पारित गर्ने विषयमा सहमति नजुटेपछि लुम्बिनी प्रदेशको चालू अधिवेशन अन्त्य

<span class='c1'>बजेट पारित गर्ने विषयमा सहमति नजुटेपछि</span> <span class='c2'>लुम्बिनी प्रदेशको चालू अधिवेशन अन्त्य</span>

लुम्बिनी

लुम्बिनी प्रदेश सरकारले चालू अधिवेशन अन्त्य गरेको छ । प्रदेशसभामा पेश गरेको बजेट पारित गर्ने विषयमा सहमति नजुटेपछि सरकारले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेको हो । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले हिजो राती १२ बजे देखि प्रदेशसभाको चालु आठौं अधिवेशन अन्त्य भएको सूचना जारी गर्नुभएको छ ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरन्जीवी पौडेलद्धारा जारी बिज्ञप्तीमा नेपालको संबिधानको धारा १८३ को उपधारा २ बमोजिम गएराती १२ बजे देखि अधिवेशन अन्त्य भएको उल्लेख छ । यसअघि हिजो आर्थिक बर्ष २०७८।०७९ को बजेट पारित गर्न निर्णायार्थ पेश गर्नु पुर्व सत्तापक्षका सांसदहरुले हिजोको सदन बहिस्कार गरेका थिए ।

प्रतिपक्षले बजेट पास हुन नदिने रणनीती अख्तियार गरेपछि सत्तापक्षले बजेट पारित गर्ने सहमति भए मात्र सदन चल्न दिने अडान राखेको थियो । सभामुख पुर्णबहादुर घर्ती समेत बजेट पास हुन नदिने खेलमा लागेकोले बाध्य भएर संसद अधिवेशन अन्त्य गर्नु परेको सत्तारुढ एमालेले बताएको छ । बिपक्षी दलले भने बिरोध जनाएका छन् । - नेपाल टेलिभिजन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्