पानी रसाउने भवन उद्घाटन गरेपछि कानेपोखरीमा स्थानीयको विरोध

पानी रसाउने भवन उद्घाटन गरेपछि कानेपोखरीमा स्थानीयको विरोध

कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका वडा नं. ३ को नवनिर्मित भवन यहि असार २७ गते विधिवत उद्घाटन गरियो । उद्घाटन कार्यक्रममा सोही वडाका अध्यक्ष कृतिमान मादेनले नयाँ भवनको छ्तबाट पानी रसाउने गरेको गुनासो राखेका थिए । त्यससँगै केही समय अगाडि सो भवनको छतबाट पानी रसाउदैँ गरेको केही भिडियो तथा फोटोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए ।
वडा नं. ३ माथिल्लो हरकपुरमा अवस्थित १ तले वडा कार्यालयको भवन जिल्ला समन्वय समितिको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत गरि ४९ लाख ५३ हजार ६ सय १४ रुपैयाँ ५२ पैसामा निर्माण सम्पन्न भएको हो । निर्माण कार्यको ठेक्का (पुरुषोत्तम कन्ट्रक्सन) स्थानिय ठेकेदार पुरुषोत्तम सुवेदीले लिएका हुन ।

निर्माण सम्पन्न भएको केही समयमा नै छतबाट पानी रसिन थालेपछि गुनासाहरू सार्वजनिक भएका थिए। यी सम्पूर्ण कुराहरू बाहिरिएसँगै समुदाय स्तरबाट चौतर्फी विरोधका शब्दहरू सुन्निन थालेका छन् । आर्थिक चलखेल भयो कि भन्ने जिज्ञासा आउँन थालेपश्चात सम्बन्धित व्यक्तीहरूले स्पष्टीकरण व्यक्त गरेका छ्न ।

वडाअध्यक्षसँग कुरा गर्ने क्रममा आफुले भवन निर्माणका बेला बारम्बार निगरानी राख्दै गुणस्तरीय बनाउँन अनुरोध गरेको बताए । प्राविधिक ज्ञान नभएपनी निर्माण सामग्री कमसल नहोस भनी अनुगमन गर्दागर्दै पनि काम दिगो नभएको गुनासो व्यक्त गरे । उनले भने, ‘यसमा प्राविधिक गल्ती सम्बन्धित निकायको केही हदसम्म छ, त्यसलाई सच्याएर गुणस्तरीय भवन वडालाई हस्तान्तरण गर्नुपर्‍यो । उनले छतबाट पानी रसिन थालेको कुरा ठेकेदार र इन्जिनियर सुनाएपनी सुनुवाइ नभएको कुरा राखे । हाल मैले यस समस्यालाई सम्बन्धित निकायमा पुर्‍याई दबाब दिन थालेपछी ठेकेदारले त्रुटि सच्याउने बाचा गरेको अध्यक्ष मादेनले सुनाए ।

पालिकाका प्रमुख इन्जिनियर रन्जन निरौलाले नहुनुपर्ने घटना भएको बताए । छत ढलान गर्ने क्रममा मौसम प्रतिकुलता, भौगोलिक हिसाबले असुविधा, ढलान गर्ने क्रममा कामदार र ठेकेदार बिचको असमन्वय र केही निर्माण प्रविधिका गल्तिहरूका कारण छतबाट पानी रसाएको बताए । उनले भने, ुहामीले ठेकेदारलाई भुक्तानी दिएका छैनौं, काम पुर्ण रूपमा सम्पन्न भएपछी मात्र दिन्छौं । १३ महिनासम्म केही समस्याहरू देखापरे ठेकेदारले नै बनाइदिनुपर्ने जिम्मेवारी रहन्छ ।ु प्राविधिक मापदण्डको पक्षबाट कुनै गल्ती नगरिकन चुस्तदुरुस्त काम गर्दैगर्दा छतबाट पानी रसाउनु दुर्भाग्य र संयोग भएको सुनाए । ४ वटा नव भवनहरू मध्ये अन्य तिनवटा भवन जतिकै निगरानी राख्दा राख्दैँ पनि भवन रहेको जग्गाको स्थितीका कारण पनि समस्या आएको जानकारी दिए।

भवन निर्माणको ठेक्का लिएका पुरुषोत्तम सुबेदीले भवन निर्माणको समयमा केहि कमजोरीका कारण भवनको छत रसाउने समस्या देखिएको र सो भवन सम्बन्धित पक्षलाई हस्तान्तरण गर्न बाँकी रहेकाले सो वडा भवनको मर्मत कार्य जारी रहेको र पुर्ण मर्मत पश्चात मात्र सम्बन्धित पक्षलाई जिम्मा लगाउने सुबेदीले प्रतिबद्धता व्यक्त गरे ।

भवन निर्माणमा आर्थिक अनियमितता त भएन भन्ने स्थानिय सरोकारवालाहरुको गुनासो छ नि ? भन्ने सवालमा कानेपोखरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गायत्र श्रेष्ठले त्यसमा कुनै सत्यता नभएको बताए । उनले सबै कार्य चुस्तदुरुस्त तवर पुर्ण निगरानीका साथ सम्पन्न भएको जानकारी दिए । यदि त्यस्तो हो, भने अन्य भवनमा पनि समस्या देखिनुपर्ने त भन्दै जिज्ञासा राखेका थिए । भवन निर्माणका क्रममा केही त्रुटिका कारण सामान्य पानी रसाउने समस्या भएको तर त्यसलाई हामी तत्कालै सुधारन लगाएर वडालाई जिम्मा लगाउछौं, श्रेष्ठले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्