गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष थापाको निधन

<span class='c1'>गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष</span> <span class='c2'> थापाको निधन</span>

गुल्मी

गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाको निधन भएको छ । अध्यक्ष थापाको हिजो विरेन्द्र प्रहरी अस्पतालमा काठमाडौंमा उपचारको क्रममा निधन भएको हो । स्वास्थ्यमा अकस्मात समस्या आएपछि अध्यक्ष थापालाई २०७७ फागुन २९ गते बुटवल हुँदै काठमाण्डौं लगिएको थियो । थापा करिब ४ महिनादेखि अस्पताल उपचाररत हुनुहुन्थ्यो ।

उपचार पश्चात गएको असारको १७/१८ तिर गाउँपालिमा आउने तयारी गरिरहँदा अकस्मात स्वास्थ्यमा समस्या आएपछि पुनः अस्पताल भर्ना गरिएको थियो । अध्यक्षको निधनप्रति गाउँपालिकाले दुखः प्रकट गरेको छ । ७४ बर्षीय थापा लामो समयदेखि दमको रोगबाट पिडित हुनुहुन्थ्यो। सादगी जीवन, नागरिकप्रति उत्तरदायी भई जनताको सेवामा समर्पित हुँदै समृद्ध गाउँपालिका बनाउने अभियान अधुरै रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताउनुभयो। - गोरखापत्र अनलाईन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्