विराटनगर । धनकुटा साँघुरीगढी–१० का ६४ वर्षीया पूर्णबहादुर राई एक केजी गाँजासहित मोरङको जहदाबाट पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल, बिओपी रानीको टोलिले राईलाई गाँजासहित आज बिहान ८ बजे पक्राउ गरेको हो ।
उनी पैदल हिडिरहेको अवस्थामा शंका लागेर चेकजाँच गरिएको थियो । धनकुटाबाट गाँजा लिएर उनी नेपालको सीमा पार भारततर्फ हिँडेको खुलेको छ । बिओपी रानीका प्रहरी निरीक्षक मौसम पोखरेलका अनुसार उनी विरुद्ध थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय रानीमा बुझाउने प्रक्रिया सुरु गरिएको छ ।