नेपाली काँग्रेस पदाधिकारी बैठक आज दिउँसो २ बजे बस्दै

<span class='c1'>नेपाली काँग्रेस पदाधिकारी बैठक आज</span> <span class='c2'>दिउँसो २ बजे बस्दै</span>

काठमाडौं

नेपाली काँग्रेसको पदाधिकारी बैठक आज दिउँसो २ बजे बस्दैछ । काँग्रेस पदाधिकारी बैठक पार्टी कार्यालय सानेपामा बस्न लागेको काँग्रेस नेतृ डा. डिला संग्रौलाले जानकारी दिनुभयो । काँग्रेसको आसन्न चौधौं केन्द्रीय महाधिवेशन र क्रियाशील सदस्यताका सम्बन्धमा आजको बैठकको छलफल केन्द्रित रहने संग्रौलाले बताउनुभएको छ ।

आगामी भदौं १६ देखि १९ गतेसम्म हुने भनिएको काँग्रेस महाधिवेशन समयमै सम्पन्न गर्न नसके यसको विकल्पका बारेमा पनि सोच्नुपर्ने समेत स्वयम् काँग्रेसका नेताहरुले बताउदै आएका छन् । काँग्रेसले क्रियाशील सदस्यता सम्बन्धमा असार मसान्तसम्म टुंगो लगाउने बताउदै आएको थियो । साथै सरकार सञ्चालनकाे जिम्मेवारी समेत पार्टीमा थपिएकाले गठबन्धनसँगकाे सम्बन्ध तथा सरकार गठन लगायत विषय अगाडि आएकाे अवस्थामा काँग्रेस पदाधिकारी बैठक बस्दैछ ।
-गोरखापत्र अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्