विराटनगर आईसीपीको गोदाम चुहिएर निकासी–पैठारीकर्ता हैरानमा

विराटनगर आईसीपीको गोदाम चुहिएर निकासी–पैठारीकर्ता हैरानमा

विराटनगर। विराटनगरमा बनेको आइसीपी (एकीकृत जाँच चौकी)को गोदाम चुहिएका कारण आयात–निर्यातका मालवस्तु राख्न असजिलो भएको छ । आईसीपीको आयात–निर्यातका सामान राख्ने गोदामको छाना र भित्ताबाट पानी चुहिएका कारण असजिलो भएको हो ।

आइसिपीको व्यवस्थापन गरिरहेको ट्रान्स नेपाल फ्रेट सर्भिसेजले नेपालका व्यवस्थापक लक्ष्मी सुब्बाले गतवर्ष असारमै गोदाम घर चुहिएको बताउनुभयो । बीचमा मर्मत गर्दा समेत यसवर्ष समेत दुःख पाइएको हो । भारत सरकारको सहयोगमा निर्माण गरिएको आईसीपी २०७६ माघमा उद्घाटन गरिएको थियो ।

आइसिपी निर्माणको परामर्श दाता भारतीय कम्पनी राइट्स र निर्माण कम्पनि दिनेश चन्द्र एण्ड अग्रवालले त्यहाँका पूर्वाधार र भवनको १ वर्षको ग्यारेन्टी लिएको थियो । यस अगाडी अनुरोध गरेपछि निर्माण कम्पनीले मर्मत गरेपनि छाना चुहिने र भित्ता सिपेजको समस्या उस्तै छ । पैठारीको गोदाममा काठको क्यारेट ओछ्याएर त्यसमाथि सामान राखिएको छ । माथिबाट त्रिपालले छोप्नु पर्दै आएको छ । आयात गरेका सामाग्री गोदाममा सामान्यतया २ देखि १५ दिन राख्ने गरिन्छ ।

आइसिपीमा निर्याततर्फको गोदाम र यार्ड पनि सानो भएको बताइएको छ । निर्याततर्फको गोदाममा ५ वटा कन्टेनरका मालवस्तुमात्र अटाउन मात्रै सकिन्छ । निर्यातका ३० कन्टेनरका मालवस्तु अट्ने गोदाम आवश्यक छ । त्यस्तै निर्यातको यार्डमा हाल २० वटा कन्टेनरमात्र अटाउन सक्छन् । आइसिपीलाइ हेर्ने सरकारी निकाय नेपाल इन्टर मोडल यातायात विकास कम्पनीका कार्यकारी निर्देशक आशिष गजुरेलले आगामी आर्थिक वर्षभित्रमा आइसिपीका सबै समस्या समाधान हुने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्