लायन्स क्लब अफ विराटनगर इन्भिजनद्वारा शिक्षाका लागि अक्षयकोष स्थापना

लायन्स क्लब अफ विराटनगर इन्भिजनद्वारा शिक्षाका लागि अक्षयकोष स्थापना

लायन्स क्लब अफ विराटनगर इनभिजनले बाल बालिकाको शिक्षाको लागि १ लाख २ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेको छ ।
होटल श्री कृष्णमा आयोजित क्लबको एक कार्यक्रमका बिच क्लबकि प्रमुख सल्लाहकार गंगा खतिवडा शाहले रु ५१ हजार रुपैयाको चेक हस्तान्तरण गरि अक्षयकोषको सुरुवात गर्नु भएको हो । त्यस रकममा क्लबकि चार्टर प्रेसिडेन्ट अन्जना कट्टेल सुवेदीले रु. ५१ हजार थप गर्नु भई अक्षयकोषलाई १ लाख २ हजार रुपैयामा बढाउनु भएको हो ।

शिक्षाबाट बन्चित बालबालिकाहरुको शिक्षा र छात्रवृत्तिको लागि कोष स्थापना गरिएको क्लबकि उपाध्यक्ष सविता ओझा सुवेदीले जानकारी दिनुभयो क्लबले आगामी दिनहरुमा पनि शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रमा काम गर्ने जनाएको छ । उहाँले अक्षय कोषलाई क्लबका सदस्य तथा लायन्स लगायत अन्य मनकारी व्यक्तिको सहयोगमा बढाउदै लग्ने योजना रहेको जानकारी दिनु भयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्