झापामा छुट्टाछुट्टै घटनामा बिहीबार दुई जनाको मृत्यु

<span class='c1'>झापामा छुट्टाछुट्टै घटनामा बिहीबार</span> <span class='c2'>दुई जनाको मृत्यु</span>

भद्रपुर

झापामा छुट्टाछुट्टै घटनामा बिहीबार दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापा मेचीनगर–३ सिर्जना बस्ती बस्ने ३१ वर्षीय सरोज किसानको करेन्ट लागेर मृत्यु भएको छ भने भद्रपुर ६ निवासी २४ वर्षीय अर्पण श्रेष्ठको पानी पिउने क्रममा पानी सर्किएर मृत्यु भएको छ ।

बिहीबार दिउँसो स्थानीय गँगटे खोल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा सरोजलाई करेन्ट लागेको थियो । हाइटेन्सन लाइनमा तार जोडी खोल्समा करेन्ट प्रवाह गर्दा आफैलाई करेन्ट लागेका किसानको घटनास्थलमै मृत्यु भएको थियो ।

यस्तै, बिहीबार बिहानै आफ्नै घरमा गिलासबाट पानी पिउने क्रममा एक्कासि पानी सर्किएर बेहोस भएपछि उपचारका लागि मेची अस्पताल पुर्‍याइएका अर्पणको दुई घण्टापछि नै उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
-रेडियो नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्