पोखराका मेयर जिसीलाई मस्तिष्कघात ,हेलिकप्टरमार्फत काठमाडौं लगियो

<span class='c1'>पोखराका मेयर जिसीलाई मस्तिष्कघात</span> <span class='c2'>,हेलिकप्टरमार्फत काठमाडौं लगियो</span>

कास्की

पोखराका मेयर मानबहादुर जिसीलाई मस्तिष्कघात भएको छ । थप उपचारका लागि उहाँलाई भर्खरै काठमाडौं लगिएको छ । बिहान ४ बजे अप्ठेरो महसुस गरेका जिसीलाई तुरुन्तै मणिपाल शिक्षण अस्पताल लगिएको थियो चिकित्सकले जिसीलाई मस्तिष्कघात पुष्टि गरेका थिए ।

थप उपचारका लागि मनिपाल हस्पिटलबाट हेलिकप्टरमार्फत काठमाडौं लगिएको मेयरका प्रेस सल्लाहकार माधव बरालले जानकारी दिनुभयो । हेली एभरेष्टमार्फत उहाँलाई काठमाडौं बाँसबारीस्थित स्नायु (न्युरो) अस्पतालमा उपचार गरिने भएको छ ।

उच्च रक्तचापका कारण जिसीको मुटुको दाहिनेतिरको नसामा सानो अवरोध देखिएकोले देब्रेहरमा समस्या देखिएपनि जिसी हल्का बोलचाल गर्न सकिरहेको जानकारी पनि बरालले बताउनुभयो । -गोरखापत्र अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्