काठमाडौं
यही साउन ३ गते (आइतबार) दिउँसो ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन सुरु हुँदैछ । बैठकको पूर्वसन्ध्यामा सङ्घीय संसदमा प्रतिनिधित्व गर्नुहुने सबै सांसदहरुको एन्टिजेन परीक्षण गरिएकाे छ । संसद् भवन बानेश्वरमा बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म कोभिड परीक्षण गरिएको सङ्घीय संसद् सचिवालयका शाखा अधिकृत लक्ष्मीप्रसाद ओझाले जानकारी दिनुभयो ।
-गोरखापत्र अनलाइन