विराटनगरमा १२१ सहित प्रदेश १ मा आज ८३९ संक्रमित थपिए

<span class='c1'>विराटनगरमा १२१ सहित प्रदेश १</span> <span class='c2'>मा आज ८३९ संक्रमित थपिए</span>

विराटनगर । प्रदेश १ मा आज ८३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३३०, सुनसरीमा ३०६, झापामा ११७, उदयपुरमा २३, धनकुटामा १५, इलाम र भोजपुरमा ६–६, संखुवासभा र ते¥हथुममा ४–४, पाँचथरमा ३, ताप्लेजुङ, ओखलढुङ्गा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १२१, सुन्दरहरैचामा ६३, उर्लाबारीमा ४२, बेलबारीमा ३३, लेटाङमा १८, पथरीशनिश्चरेमा १४, बुढीगंगामा ९, रंगेली र कानेपोखरीमा ५–५, रतुवामाई र कटहरीमा ४–४, जहदा, सुनबर्षी, ग्रामथान र मिक्लाजुङमा २–२, केराबारीमा १, स्थानीय तह नखुलेका ३, सुनसरीको इटहरीमा १७७, धरानमा ७२, बराहक्षेत्रमा १४, इनरुवामा ७, रामधुनीमा ८, बर्जुमा ५, दुहवी र भोक्राहानरसिंहमा ४–४, गढीमा २, देवानगञ्ज र हरिनगरमा १–१, स्थानीय तह नखुलेका ११, झापाको दमकमा ३१, विर्तामोडमा २४, कनकाई र भद्रपुरमा ११–११, अर्जुनधारामा ९, मेचीनगर र शिवसताक्षीमा ६–६, बुद्धशान्ति र गौरादहमा ४–४, कमल गाउँपालिकामा २, हल्दिबारी, कचनकवल,गौरीगञ्ज र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि उदयपुरको त्रियुगामा ७, चौदण्डीगढी र ताप्लीमा ४–४, बेलका र स्थानीय तह नखुलेका ३–३, कटारी र उदयपुरगढीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा १०, महालक्ष्मीमा ४, साँघुरीगढीमा १, इलामको इलाम नगरपालिकामा ३, रोङ र सुर्योदयमा १–१, भोजपुरको भोजपुर नगरपालिकामा ३, पौवादुङ्मा, टेम्केमैयुङ र स्थानीय तह नखुलेका १–१, संखुवासभाको खाँदबारीमा २, चिचिला र चैनपुरमा १–१, ते¥हथुमको फेदाप र लालीगुराँसमा १–१ र स्थानीय तह नखुलेका २, पाँचथरको कुम्बायक, याङवरक र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको आठराई त्रिवेणीमा १, ओखलढुङ्गामा १, खोटाङमा १ र प्रदेश १ बाहिरका २२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७७ हजार ७७६ पुगेको छ । संक्रमित भएका मध्ये ७० हजार ४३० संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ५ हजार ९११ जना रहेको छ । आज ३६८ जना संक्रमणमुक्त भएका छन् । प्रदेश १ मा आज ३ हजार ५०९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३८४ महिला र ४५५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्