चीनमा परिवारका सबै सदस्यले कोभिड १९ बिरुद्धको खोप लगाएपछि मात्रै बालबालिका विद्यालय जान पाउने

चीनमा परिवारका सबै सदस्यले कोभिड १९ बिरुद्धको खोप लगाएपछि मात्रै बालबालिका विद्यालय जान पाउने

काठमाडौं

चीनमा परिवारका सबै सदस्यले कोभिड १९ बिरुद्धको खोप लगाएपछि मात्रै बालबालिका विद्यालय जान पाउनेछन् । आगामी सेप्टेम्बर महिनादेखि चीनमा सामुदायिक विद्यालय सञ्चालन हुँदैछन् ।
अस्पताल र सुपरमार्केटमा प्रबेशका लागि समेत खोप लगाएको सुनिश्चित हुनुपर्ने मापदण्ड तोकिएको छ । चीनले सन् २०२१ भित्र ६४ प्रतिशत जनसंख्यालाई खोप लगाइसक्ने लक्ष्य राखेको छ । यसअघि फ्रान्स र ग्रीसले समेत केही क्षेत्रमा प्रबेशका लागि खोप अनिवार्य लगाएको हुनुपर्ने मापदण्ड तय गरेको छ ।

बीबीसीका अनुसार गुआङ्सी प्रान्तको बेइलिउ शहरमा सार्वजनिक गरिएको सूचनामा बालबालिकाको विद्यालय प्रबेश सुनिश्चित गर्न यथाशिघ्र खोप लगाउन अभिभावकलाई आग्रह गरिएको छ । अन्य प्रान्तका स्थानीय सरकारले समेत यस्तै निर्देशन जारी गरेको छ । हेबेई प्रान्तमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाले अनिवार्य खोप लगाएपछि मात्रै विद्यालय प्रबेश पाउने सूचना जारी गरिएको छ । यद्दपी अन्य उमेर समूहका बालबालिकाबारे भने प्रष्ट गरिएको छैन् ।

- गोरखापत्र अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्