सार्वजानिक संरचना अपाङगता मैत्री बनाउन माग

सार्वजानिक संरचना अपाङगता मैत्री बनाउन माग

विराटनगर । राष्ट्रिय अपाङ महासंघ प्रदेश न १ ले सरकारी निकायबाट निर्माण हुने हरेक सार्वजनिक कार्यलयहरु अपाङगता मैत्री हुनुपर्नेमा जोड दिएको छ । सरकारी निकायले प्रदेश १ मा बनाउने सार्वजानिक संरचनाहरू अपाङगता मैत्री भवन निर्माण नगरे आन्दोलनमा उत्रिने चेतावनीसहित महासंघले यस्तो धारणा राखेको हो ।

राष्ट्रिय अपाङ महासंघ प्रदेश १ ले विराटनगरमा शनिबार एक कार्यक्रमको आयोजना गरि एक वर्ष भित्रमा नयाँ बन्ने सार्वजानिक संरचना बनेका संरचनाहरू अपाङ्गता मैत्री नभए आन्दोलनमा उत्रिने चेतवनी दिएको छ ।
सार्वजानिक संरचनाहरू अपाङ्गगता मैत्री नभए प्रदेशभरीका अपाङ्गता भएका व्यक्तिहरू हतौडा लिएर आन्दोलनमा उत्रने बताइएको हो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय अपाङ महासंघ प्रदेश १ का कार्यक्रम अधिकृत बिमल बस्नेतले अपाङ्गता भएका व्यक्तिलाई सहज रूपमा सेवा लिन सार्वजानिक भवनहरू अपाङ्गता मैत्री निर्माण हुनुपर्ने बताए ।

‘सार्वजानिक संरचनाहरू बनाउँदा कानुनी रूपमा अपाङगता मैत्री भवन निर्माण गरिनुपर्ने व्यवस्था गरिएको छ,’ उनले भने, ‘अहिले पनि कतिपय सरकारी कार्यालयहरू अपाङगता मैत्री छैनन् । जसले गर्दा अपाङगता भएका व्यक्तिले सेवा प्रभावमा सास्ती पाउने गरेका छन् ।’ अब नयाँ बन्ने संरचनाहरू र बनेका भवनहरू अपाङ्गता मैत्री नबने अपाङ्गता भएका व्यक्तिहरू हतौडी बोकेर आन्दोलनमा होमिने उनले चेतवनी दिए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय अपाङ महासंघ प्रदेश १ का अध्यक्ष पार्वता श्रेष्ठले राज्यलाई ध्यानआकर्षण गराउँदा पनि अपाङगता मैत्री भवन निर्माण हुन नसक्दा दुःखद भएको बताइन् । अपाङगता मैत्री भवन निर्माण नहुदा विद्यार्थीहरू समेत शिक्षाबाट बन्चित हुनुपरेको उनले बताइन् । ‘त्यही भएर राज्यले बनाउने सार्वजानिक भवनहरू अपाङगता मैत्री हुनुपर्ने हाम्रो माग हो,’ उनले भनिन् । प्रदेशभरीमा ९६ हजार अपाङगता भएका व्यक्तिहरु रहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्