गोग्राह सामुदायिक क्याम्पस परिषद् अध्यक्षमा बिराटनगरका चापागाईं

गोग्राह  सामुदायिक क्याम्पस परिषद् अध्यक्षमा बिराटनगरका चापागाईं

बिराटनगर

आकृति रानी फुयल

बिराटनगर ४ बरगाछी स्थित ऐतिहासिक सामुदायिक विद्यालय गोग्राह उच्च मा वि अन्तर्गतको गोग्राह सामुदायिक क्याम्पस परिषद् द्वारा बिहिबार बसेको बैठकले स्थानिय दिपक चापागाईंको अध्यक्षतामा नौ सदस्यीय नयाँ समिति चयन गरिएको छ ।

यस विद्यालयको इतिहास हेर्ने हो भने यसको स्थापना वि स २००९ सालमा भएको हो। जसमा क्याम्पसतर्फ़ २०५७ सालबाट शिक्षा संकायको आइ एड अध्यापन सुरु भई बिस्तारै बिएड हुदैँ अहिले क्याम्पस प्रशासनले एम एड कक्षा संचालन गर्नका लागि आवश्यक कागजी प्रक्रिया अन्तिम चरणमा पुर्याएको र आउदा दिनमा थप नयाँ विषयहरु पनि अध्यापनको लागि ल्याउने योजनाका साथ आफुहरु अघि बढ्ने आवर विराटनगरसंग कुरा गर्दै नव नियुक्त अध्यक्ष चापागाईंले बताए।

विश्वव्यापी महामारी कोरोनाले गर्दा बिद्यालय अनि क्याम्पसको पढाईमा असर त पुगेको छ तर अबका एक वर्षभित्रमा क्याम्पसलाई एउटा छुट्टै उचाइमा पुर्याउने कार्ययोजनाका साथ हामि अघि बढेका छौं उनले भने ।

ऐतिहासिक विद्यालय गोग्राहको क्याम्पस परिषद् अध्यक्ष हुदाँ कस्तो अनुभूति भैरहेको छ भन्ने हाम्रो प्रश्नमा चापागाईं भन्छन्,' सर्वप्रथम त यो विद्यालय म स्वयम् पढेर यहिबाट एसएलसी पास गरेको हुनाले एउटा बेग्लै लगाव छ यस बिद्यालयमा जसकारण मा एकदमै खुशी अनि गर्व महसुस गरिरहेको छु। हिजोका दिनमा मैले यस विद्यालयबाट जे जति सिकेको छु मेरो कार्यकालभरी मा त्यसको दोब्बर योगदान पुर्याउनेछु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्