कोभिड महामारीकाबीच पनि बिराटनगरमा कोरा राइड फर सोसाइटी सम्पन्न

कोभिड महामारीकाबीच पनि बिराटनगरमा कोरा राइड फर सोसाइटी सम्पन्न

बिराटनगर

आकृति रानी फुयल

गतवर्ष झैं यसवर्ष पनि कोरा राइड फर सोसाइटी सफलतापुर्वक सम्पन्न भएको छ। विश्वव्यापी महामारी कोरोना भएकाले आज भने आफुहरुले ३० जना सिमित सहभागीको उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको विराटनगर संयोजक युनेशराज श्रेष्ठले जानकारी दिए।

कसले आयोजना गरेको हो ?
एन वाई इ एफ़ विराटनगर , दिगो विकास र रोटरी क्लब अफ विराटनगर फ्युजनको संयुक्त आयोजनामा गतवर्ष देखि विराटनगरमा पनि यस यात्रालाई निरन्तरता दिईएको संयोजक श्रेष्ठले आवर विराटनगरलाई बताए।

कोरा राइड फर सोसाइटी के हो ?
श्रेष्ठ भन्छन् ,' यसको सुरुवात नेपाल घुम्न आएका एक जर्मन नागरिकले काठमाडौँमा २०१० जुलाईको तेश्रो शनिबार साइकलमा एक राउण्ड लाएर त्यो साइकल यात्रालाई कोरा भनेका थिए। त्यसैले त्यहि यात्रालाई निरन्तरता दिदैं विराटनगर लगायत नेपालका विभिन्न स्थानमा यो यात्रा सुरु गरिएको हो।

बिराटनगरमा कति पटक भयो कोरा राइड आयोजना भएको ?
दोश्रोपटक हो तर यसपाली भने कोभिडका कारणले हामीले हाम्रो यात्राको दुरी छोट्याएर होटेल स्वागतमबाट ट्राफिक चोक ,तीनपैनी ,बुद्ध चोकबाट पुन:तीनपैनी हुदैं देवकोटा चोकबाट हाइवे निस्किएर अन्तिममा होटेल स्वागताममा पुगेर यात्रा टुंग्याएका छौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्