शान्ति युवा क्लब बिराटनगरद्वारा सुनसरीको बर्जुमा घरदैलो सचेतना अभियान सम्पन्न

<span class='c1'>शान्ति युवा क्लब बिराटनगरद्वारा सुनसरीको</span> <span class='c2'>बर्जुमा घरदैलो सचेतना अभियान सम्पन्न</span>

विराटनगर

आकृति रानी फुयल

शान्ति युवा क्लब बिराटनगरले महिलामा हुने महीनाबारी, महिला हिंसा, दाइजो प्रथा, बाल बिबाह, किशोरीमा हुने समस्या लगायतका बारेमा सुनसरीको बर्जु गाउँपालिकामा हिजो जनचेतनामूलक घरदैलो कार्यक्रमको आयोजना गरेको छ ।

सुनसरीमा पछिल्लो समय महिला हिँसाहरु बढ्दो क्रममा रहेकोले आफुहरुले यी विषयहरु सम्बन्धि चेतनामुलक कार्यक्रम गरि समाजलाई सचेत गराउने उद्देश्यले सो कार्यक्रम आयोजना गरेको क्लबका वर्तमान अध्यक्ष बिपुल चौधरीले जानकारी दिए। साथै क्लबले बर्जु गाउँपालिका वडा नम्बर २ को अमडुवाका स्थानीय विपन्न परिवारका १० जना बालबालिकालाई उपयुक्त ठाँउमा निशुल्क पठनपाठन गराउने जिम्मा समेत लिएको उनले बताए।

कार्यक्रममा महिला हिंसा ,बालविवाह, बहुविवाह, दाइजो प्रथा तथा महिला हिंसा विरूद्ध शान्ति युवा क्लब संस्था द्वारा कार्यक्रममा बालविवाह, बहुविवाह, दाइजो प्रथा तथा लैंगिक हिंसा सम्बन्धि कानूनी व्यवस्था बारेसमेत समुदायलाई जानकारी गराएको चाैधरी भन्छन्। स्थानीयबासीहरुलाई बाल बिबाह नगर्न नगराउन अनुरोध गर्दै यदि यस्तो गरे कानुनी कारवाही हुने समेत जानकारी गराएका छौं उनले भने | विभिन्न ठाउँमा सचेतना कार्यक्रमकै कारण कतिपय बाल विवाह पनि प्रहरीले सुचना पाएर रोक्न सफल पनि भएको उदाहरण दिएका छन् ।

कार्यक्रम गर्न किन यस्तै विषय चयन गर्नुभयो त ?
समाजमा बालबिबाह तथा बहुबिबाह समबन्धि जनचेतना फैलाउने उद्देश्यका साथ क्लबले यो कार्यक्रम अगाडि ल्याएको हो।

महिनावारी हुदा के कस्ता कुरामा ध्यान दिनुपर्छ ?
त्यसैगरि महिनावारी हुँदा सरसफाइमा ध्यान दिन नसक्दा स्वास्थ्य समस्या हुनुका साथै संक्रमण भई ज्यानै समेत जाने हुनाले महिनावारीमा विशेष ध्यान दिन किशोरीलाई विशेष गरी घरमा आमा, हजुरआमा, दिदी, भाउजुले महिनावारी के हो र कतिबेला हुन्छ भन्ने बारेमा सहजीकरण गर्नुपर्छ भन्ने विषयमा समेत जनचेतना दिइएको थियो ।

महिनावारीको समयमा विद्यालयमा छात्रालाई कस्तो वातावरण हुनुपर्दछ ?
महिनावारीका बारेमा पाठ्यपुस्तकमा पनि समावेश गरी शिक्षक, शिक्षिकाले सहजीकरण गरी विद्यालयभित्रको शौचालय महिलामैत्री, स्यानोटरी प्याड सुरक्षित तरिकाले फेर्ने र फाल्ने ठाउँको समेत व्यवस्था हुनुपर्छ। यसका साथै शौचालयभित्रै पानीको व्यवस्थासमेत हुनु जरुरी भएको

महिनावारी भएको बेला किशोरीहरुलाई कस्तो व्यवहार गर्नुपर्छ?
घरमा किशोरीलाई महिलाले मात्र होइन घरपरिवारका पुरुषले पनि महिनावारीका बारेमा जानकारी राखेर महिलालाई सघाउनुपर्छ भने विद्यालयमा शिक्षक शिक्षिकाले स्यानोटरी प्याड, अधिक दुखाइ हुने किशोरीलाई आराम कक्ष, औषधि, पानीको व्यवस्था गरी मद्दत गर्नुपर्छ भन्ने संस्थाका सोनाली यादवले जानकारी गराएका थिए।

महिनावारी हुदा कस्तो अनुभव हुन्छ ?
महिनावारी हुँदाका समय अत्यधिक रक्तस्राव हुने, पेट दुख्ने, आलस्यता आउने, थकानका साथै वाकवाक लाग्ने र वान्ता समेत हुने हुन्छ। यस्तो अवस्थामा स्वास्थ्यका दृष्टिकोणले तातोपानीले सेक्ने, पोसिलो खाना खाने र आराम गर्ने गर्नुपर्छ। साथै कुनै नैरास्यता आउन नदिन परिवारको सहयोगको खाँचो हुन्छ।

कार्यक्रमले समाजमा राम्रो प्रभाव पारेको भन्दै यस्ता कार्यक्रमलाई क्लबले आगामी दिनमा पनि निरन्तरता दिने अध्यक्ष चाैधरीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्