काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले शंकास्पद गतिविधी भईरहेको भन्ने गोप्य सूचानाको आधारमा गत शुक्रबार ५ जना व्यक्तिहरुलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा म्याग्दी घर भएका ३३ वर्षीय बिक्रम बानिया, १९ वर्षीय रोजन के.सी, २२ वर्षका सज्जन घिमिरे, २८ वर्षका सन्दिप कटुवाल रहेका हुन् ।
नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्र.उ.श्याम बाबु ओलियाको कमाण्डमा संयुक्तरुपमा खटिएको प्रहरी टोलीले पर्वत स्थायी घर भएका रुपेन्द्र जि.सी.को साढे ३ तलाको घरबाट उनीहरुलाई पक्राउ गरेको हो । क्रिप्टो करेन्सी कारोबार, अनलाईन जुवा÷ सट्टावाजी मा प्रयोग गरिएको भनिएका विभिन्न ईलेक्ट्रोनिक डिभाईसको साथमा उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक श्यामबाबु ओलिया जानकारी दिए । उनीहरुको साथबाट मोवाईल फोन– ३१ थान, कम्प्युटर मनिटर–२ थान, ल्याप्टप– ४ थान, उबम– १ थान, किवोर्ड– २ थान, माउस– १ थान, राउटर– ४ थान, पेनड्राईभ– ३ थान, हार्डडिक्स– १ थान, मल्टिपल्क– १ थान, चार्जर– ११ थान, स्टेण्ड– १ थान, स्टेम्प छाप– १ थान, नगद रु.७२,५०० लगाएतका सामानहरु बरामद भएको प्रहरी उपरीक्षक ओलिया जानकारी दिए ।