प्रधानमन्त्रीद्वारा जसपाका अध्यक्ष ठाकुरलाई विश्वासकाे मत दिन आग्रह

<span class='c1'>प्रधानमन्त्रीद्वारा जसपाका अध्यक्ष ठाकुरलाई</span> <span class='c2'>विश्वासकाे मत दिन आग्रह</span>

काठमाडौं

प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरलाई पत्र लेख्नुभएको छ । उहाँले जसपा अध्यक्ष ठाकुरसँग विश्वासको मत माग्दै पत्र लेख्नुभएको हो ।

‘आइतबार बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने कार्यक्रम रहेकाले उक्त प्रस्तावमा यहाँ र यहाँ सम्बद्ध माननीय सदस्यहरुको तर्फबाट समर्थन गर्न/गराइदिनु हुन हार्दिक अनुरोध गर्दछु ।’ प्रधानमन्त्री देउवाले अध्यक्ष ठाकुरलाई लेख्नुभएको पत्रमा उल्लेख छ । सर्वोच्च अदालतको फैसलापछि संविधानको धारा ७६ को उपधारा बमोजिम प्रधानमन्त्रीमा नियुक्त हुनुभएको देउवाले आज विश्वासकाे मत लिँदै हुनुहुन्छ ।

-गाेरखापत्र अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्