न्यून मूल्यांकनमा भन्सार जाँचपास गरिएको दुई ट्याक्टर कपडा विराटनगरबाट पक्राउ, भन्सार प्रशासनको संस्थागत सहभागिता आशंका

न्यून मूल्यांकनमा भन्सार जाँचपास गरिएको दुई ट्याक्टर कपडा विराटनगरबाट पक्राउ, भन्सार प्रशासनको संस्थागत सहभागिता आशंका

विराटनगर । प्रतिथान मूल्य अंकित सामाग्रीको समेत कम मूल्यांकन गरेर भन्सार जाँचपास गरिएको दुई ट्याक्टर कपडा राजश्व कार्यालय, भन्सार राजश्व गस्ती र नेपाल प्रहरीको टोलिले विराटनगरबाट नियन्त्रणमा लिइएको छ । भन्सार भित्रैको संस्थागत संलग्नतामा र मिलेमतोमा विराटनगर–६ का अकबर अलीले भित्र्याएको कपडा आइतबार बेलुका नियन्त्रणमा लिइएको हो ।

एउटा ट्याक्टर राजश्वको टोलिले भन्सारबाट मुख्य राजमार्ग आउने सडकखण्डमा पक्राउ गरेको थियो । अर्को टयाक्टर भने भगाएर विराटनगर जतुवाको हनुमान मन्दिरमा ल्याएर लुकाएको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक पप्पु नायकको टोलिले नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले भन्सार छलेको सामान नियन्त्रणमा लिइएको भएपनि सबै विवरण यकिन भईनसकेको जानकारी दिनुभयो ।

बीआर ५० जी ५०३५ र को १ त ६८११ नम्बरको ट्याक्टरमा बोकिएको कपडा बरामद गरिएको हो । प्रतिथान भारतीय ५९९, ४२९, ३७९ रुपिँया मूल्य अंकित कपडाको एकसय रुपिँया मात्रै मूल्याकनमा पास गरिएको थाहा पाएपछि राजश्वले पिछा गरेको थियो । यसमा भन्सार कार्यालयका प्रमुख शिवप्रसाद भण्डारीको समेत संलग्नता रहेको आशंका गरिएको छ । भन्सार एजेन्टका प्रतिनिधि अलीको यस अगाडी  सरोचियाको गोदाममा छापा हानेर कपडा नियन्त्रणमा लिइएको थियो । भन्सार छलेर काम गर्दै आएका उनले भन्सार कर्मचारीलाई रिजाएर यस्तो गर्दै आएका हुन् ।

गत आर्थिक वर्षमा देशभरका अन्य भन्सार कार्यालयले लक्ष्य अनुरुप भन्सार महसुल असुली गरेपनि विराटनगर भन्सार भने लक्ष्यको १२ प्रतिशत न्यून असुली गरेको थियो । पछिल्लो एकवर्ष भन्सार परिसरबाटै संस्थागत रुपमा भन्सार छलेर मालसामान जाँचपास गरिएको दावी गरिन्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्