हत्यामा सग्लग्न पक्राउ

<span class='c1'>हत्यामा सग्लग्न</span> <span class='c2'>पक्राउ</span>

संखुवासभा । भोजपुरको साल्पासिलिचो गाउँपालिका– ४ घर भई बिगत ३ बर्षदेखि तुम्लिङटार आसपास एरियामा बसोबास गर्ने २५ बर्षीय युवराज राई हत्याको आरोपमा पक्राउ परेका छन् । असार ३० गते खाँदवारी नगरपालिका–९ का ४७ बर्षीय लक्ष्मण कुमालआफ्नै घरमा मृत फेला परे संगै निजको सम्बन्धमा अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय संखुवासभाको प्रहरी टोलीले राईलाई पक्राउ गरेको हो ।

घटनास्थलको प्रकृति हेर्दा हत्या भएको अनुमान गरी अनुसन्धान थालेको प्रहरी टोलीले मृतककै मित छोरा नाता पर्ने युवराज राईलाई पक्राउ गरी सोधपुछ गर्ने क्रममा निजले घटनामा आफ्नो संग्लग्नता रहेको स्विकार गरेको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्